परिवार दल निकट पिस फोर्सको बिशेष भेला काठमाडौँमा सम्पन्न

२०७८ आश्विन १२ गते, मंगलवार

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको भातृ संगठन पिस फोर्सको बिशेष भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १०१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको छ । रामेछापका रबिन्द्र चौलागाईं अध्यक्ष रहेका पिस फोर्समा बरिष्ट उपाध्यक्ष योगेन्द्र वाग्ले ९गोर्खा०, उपाध्यक्ष दिपेन्द्र साह ९धनुषा०, रोशनी खनाल ९रूपन्देही० महासचिव नोइन्द्र खतिवडा ९सर्लाही०, सचिव राम कुमार मैनाली ९रामेछाप०, कोषाध्यक्ष सरिता पौडेल ९झापा०, लगायत १०१ जनाको केन्द्रिय कार्य समितिको घोषणा गरेको छ ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण युवाशक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो । नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने उल्लेख गर्नु भयो । संबिधान सभाका सभासद समेत रहेका ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने हुँदा सबै नागरिकलाई समयमै निशुल्क खोप प्राकृतिक बिपत्ति पिडितलाई तुरुन्त उचित राहत, नेपालको हित केन्द्रित आर्थिक कुटनीति तथा युवाहरुलाई रोजगारीको ग्यारेन्टी जस्ता बिषयहरुमा सर्बपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आवस्यक रहेको बताए ।
देशमा पर्ने आर्थिक भारलाई ध्यान दिँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी आवश्यक रहेको बताउँदै कोभिड–१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिए । अध्यक्ष ढकालले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने ठहर नेपाल परिवार दलको रहेको पनि बताउनु भयो ।
नेता ढकालले युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ,’ ढकालले भने, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेकोे बताए । ढकालले नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आबस्यकता निर्बिकल्प रहेको बताउदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दल संग जोड्न बिशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताउनु बताए । ढकालले युवाहरुलाई पिस फोर्स अंकित टोपी पनि वितरण गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २० जना युवाहरु परिवार दलमा प्रवेश पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै दलका प्रवक्ता सन्तोषकुमार पौडेलले आजका युवाहरुले नयाँनयाँ परिवर्तन चाहने गरेको बताए । पौडेलले जोश–जाँगरको घडा, अरुका लागि बाँच्न सक्ने, नैतिकवान र सिर्जनशीलताको अर्को नाम नै ‘युवा’ रहेको बताए । महिला सशक्तिकरण र सम्पूर्ण बर्ग र क्षेत्र, जाती र समुदायको सबै क्षेत्रमा समानुपातिक सहभागीता तथा प्रतिनिधि गराउनु पर्ने कुरामा जोड दिनु पर्ने कुरा कार्यक्रममा संविधानसभाकी सभासद माननीय मिलन कुमारी राजवंशीले जनाउनुभयो । दलका केन्द्रीय सदस्य मनोज कुमार सुर्खेतीले देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसंग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए । सो दलका बागमती प्रदेश संयोजक गणेश कुमार श्रेष्ठले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै परिवार दलले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको पक्षधर शक्तिहरुसंग सहकार्य गरेर उक्त एजेन्डालाई स्थापित गर्नु पर्ने धारणा राखेका थिए ।
पिस फोर्सका अध्यक्ष रबिन्द्र चौलागाईले पार्टीले दिने जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न पिस फोर्स तयार रहेको बताउदै आगामी निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तह देखि संघिय संसद सम्म सुनिश्चित गरिने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन शान्ति बल नेपालले भूमिका खेल्ने कुरा महासचिव नोइन्द्र खतिवडाले स्वागत मन्तव्यको क्रममा धारणा व्यक्त गर्नु भएको थियो । पिस फोर्सको नारामा सेवा, रुपान्तरण र युवा नेतृत्व उल्लेख छ । परिवार दलले पछिल्लो समय देशभरी आफ्नो संगठन बिस्तार तथा कार्यक्रमलाई तिब्रता दिएको छ ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal