प्रेस काउन्सिलले सुरू गर्यो ‘इयर बुक’

२०७८ आश्विन ८ गते, शुक्रबार

काठमाडौँ । प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औं बार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक गर्नुभयो ।

‘इयर बुक’ मा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था, नेपाली मिडियामा गलत सूचनाका कारण आचारसंहिता र विश्वसनीयतामा चुनौती, कोभिड–१९ ले पत्रकारितामा ल्याएको सङ्कट, नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाको दृश्यवालोकन, नेपाली मिडियामा सामाजिक विविधता र आचारसंहिता, मिडियामा महिलाको उपस्थिति लगायतका १४ वटा विषयमा अनुसन्धानमूलक लेख रहेका छन् ।

कार्यक्रममा कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले काउन्सिल पत्रकारहरुको अविभावकीय संस्था भएको भन्दै ‘इयर बुक’ प्रकाशनले थप परिपक्वता देखाएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले समयानुकूल पत्रकारिताको विकासका लागि काउन्सिलले गरेको कामको प्रशंसा गर्नुभयो ।

नेपाली पत्रकारिताका विभिन्न घटना, चुनौती, समस्या र समाधानका उपायहरूसहितको पहिचान गराउने अभिप्रायले अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो । “नेपालको मिडियाबारे यो नै पहिलो ‘इयर बुक’ हो, यसमा मिडिया क्षेत्रका विभिन्न विज्ञहरूले महत्वपूर्ण विषयमा अनुसन्धानमूलक प्रस्तुति राखेका छन्”– अध्यक्ष बस्नेतले भन्नुभयो । ‘इयर बुक’ लाई लक्ष्मणदत्त पन्त, लिलाराज उपाध्याय र कमलदेव भट्टराईले सम्पादन गरेका छन् ।

117 Views

ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २ गते, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

२०८२ जेष्ठ २ गते, शुक्रबार

मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२ बैशाख ३१ गते, बुधबार

दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८२ बैशाख ३० गते, मंगलवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal