बडादसैँको साइत सार्वजनिक, टिकाको साइत १०ः०२ बजे शुभ

२०७८ आश्विन ८ गते, शुक्रबार

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ स्४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ स् ५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा.अधिकारीले बताए ।
फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७स्११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः ४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः १९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १० स् ०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७स्०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ । (रासस)

46 Views

ताजा

हर्क साम्पाङ्ग माथि आ,क्रमण गर्न खोज्ने एमाले नेतालाई प्रहरीको ढाड भा,चिने गरी गोरु चु,टाइ

२०७९ श्रावण १८ गते, बुधबार

हर्क साम्पाङ्ग माथि आ,क्रमण गर्न खोज्ने एमाले नेतालाई प्रहरीको ढाड भा,चिने गरी गोरु चु,टाइ

२०७९ श्रावण १८ गते, बुधबार

ठगी आ,रोपी प,क्राउ गर्न बिशेष व्यूरोको परिचालन प्रहरीमा ग,लत नजिर

२०७९ श्रावण १८ गते, बुधबार

झनै कडा बनेर निस्किए हर्क साम्पाङ, चाले अर्को क,ठोर कदम !

२०७९ श्रावण १८ गते, बुधबार

बन्जीजम्प गर्दा डोरी चुँ,डिएर श्रीमानको आँखा अगाडि श्रीमतीको मृ,त्यु,

२०७९ श्रावण १८ गते, बुधबार

चिनकाे चे,तावनि -अमेरिकाले ठुलाे मूल्य चु,कमउनुपर्छ

२०७९ श्रावण १८ गते, बुधबार

सप्तकोसी नदी बस्तीमा पसेपछि ९ सय बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

२०७९ श्रावण १८ गते, बुधबार

डिउटीमा रहेका नगर प्रहरीलाई धरानका मेयर हर्क साम्पाङ्ग आँफै’ पुगे खाजा र पानी बोकेर

२०७९ श्रावण १८ गते, बुधबार

चीनको अत्याधुनिक जासुसी जहाज श्रीलंकाको हम्बनटोटा जाने खबरले भारतमा खै,लाबैला

२०७९ श्रावण १८ गते, बुधबार

सप्तकोसी नदी बस्तीमा, उ,द्धार कार्य जारी

२०७९ श्रावण १८ गते, बुधबार

वुटवलमा श्रीमानले ब,लात्कार गरेको भन्दै पत्नीद्धारा उ,जुरी

२०७९ श्रावण १८ गते, बुधबार

लोकप्रिय

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला

२०७९ असार २२ गते, बुधबार

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?

२०७९ असार १८ गते, शनिबार

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….

२०७९ असार १३ गते, सोमबार

४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)

२०७९ असार ६ गते, सोमबार

कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..

२०७९ जेष्ठ ३० गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal