मिस नेपाल युएसको १० औं संस्करणमा १० प्रतियोगी भिड्ने

काठमाडौँ । मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह , गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।
२५ सेप्टेम्बरमा न्यूयोर्कको क्वीन्स थियटरमा आयोजना हुने एक समारोहमा ‘मिस नेपाल युएस २०२१’को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तिकरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको मिस नेपाल युएस विसुद्ध सौन्दर्य प्रतियोगिता नभएर एउटा सामाजिक अभियानको रुपमा समेत चिनिएको छ, आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन
इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज लगाउन सफल भएकी थिइन् ।
मिस नेपाल युएसले अमेरिकी सरकारबाट ट्रेडमार्क समेत प्राप्त गरेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० बर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको औपचारिक ट्रेडमार्क पाउन सफल भएको हो ।
मिस नेपाल युएसको १० औं संस्करणमा १० प्रतियोगी,
सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा हुने
मिस नेपाल युएसको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिने मिस नेपाल युएस प्रतियोगिताका लागि १० अन्तिम प्रतिस्पर्धी छनौट भएका छन् । सेप्टेम्बर २५ मा न्यूयोर्कको क्वीन्स थियटरमा हुने प्रतियोगिताबाट मिस नेपाल युएस २०२१ को घोषणा गरिनेछ ।
सेप्टेम्बरको पहिलोसातासम्म प्राप्त आवेदनका आधारमा मिस नेपाल युएसका टपटेन प्रतिस्पर्धीहरु छनौट गरिएको हो । महिला शिक्षा र सशक्तिकरणका क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएको मिस नेपाल युएस विसुद्ध सौन्दर्य प्रतियोगितामात्र नभई एउटा सामाजिक अभियानका रुपमा रहदै आएको छ ।
सन् २०११ मा न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज पहिरिएकी थिइन् । आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्नसक्ने साथै नेतृत्व लिन सक्ने युवाहरुको उत्पादनमा यस कार्यक्रमले विगत १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन् ।
मिस नेपाल युएसले अमेरिककी सरकारबाट ट्रेडमार्क समेत पाइसकेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० बर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो ।
इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना हुँदै आएको मिस नेपाल युएस सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमुलक श्रेणी ४१ मा मिस नेपाल युएसले ट्रेडमार्क पाएको हो । पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायीक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो । प्रमाणपत्र नम्बर ६४५११७६ रहेको छ ।
मिस नेपाल युएस २०२१ का टप टेन प्रतिस्पर्धीहरु ः मिस नेपाल युएस २०२१ को टपटेनमा पुग्न सफल हुने प्रतिस्पर्धीहरु अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।





ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार