आउँदो सोमबारसम्म एसईईको नतिजा हुने
काठमाडौँ । यस बर्षको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ गते नतिजा प्रकाशित हुने जानकारी दिए ।
बोर्डले आजै नतिजा प्रकाशित गर्ने गरेको थियो । बिहीबार बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीसहितको भर्चुअल बैठक बसेको र त्यसमा केही विद्यालयको नतिजा अस्वाभाविक पाएपछि नतिजा प्रकाशन ढिलो भएको बोर्डका एक अधिकारीले बताए ।
यसका लागि बोर्डले जिल्ला समन्वय एकाइलाई आजै पत्र पठाउँदै छ । अस्वाभाविक नतिजाबारे एकाइले स्कूल सञ्चालकलाई बोलाएर सोध्ने, एकाइले बोर्डमा जनाउ दिने र त्यसपछि पुनः सच्याउने तयारी रहेको एक अधिकारीले जानकारी दिए ।
बोर्डको यो वर्षको परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० भन्दा बढी अंक दिनुपरेमा सो को कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था छ । उक्त नियमको उल्लंघन गरी कारण नखुलाई ८० भन्दा बढी अंक दिएको खुलेको हो । तर परीक्षा नियन्त्रक अधिकारी भने त्यस्तो कारण नभई प्राविधिक समस्याका कारणले नतिजा प्रकाशन गर्न समय लागेको बताए ।
उनले नतिजा ग्रेडमा दिने भएकाले ग्रेडमा गडबड नहोस्, विद्यार्थीको समग्र नतिजा र विद्यार्थीको अनुपस्थित रहेको औँल्याए ।
उनी भन्छन्, “भौतिक रुपमा परीक्षा दिँदा अनुपस्थित हुनु त जायज होला, अहिलेको परिस्थितिमा पनि अनुपस्थित देखिँदा छानबिन गर्नुपर्ने हुन्छ । कि त सिम्बोल नम्बर फरक परेकाले या सफ्टवेयरमा गडबडी भयो कि ।”
शिक्षाविद् डा विद्यानाथ कोइरालाले एसईई परीक्षा प्रणाली बनाए मात्र दिर्घकालीन समस्या समाधान हुने बताउँछन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





