आउँदो सोमबारसम्म एसईईको नतिजा हुने

२०७८ श्रावण २२ गते, शुक्रबार

काठमाडौँ । यस बर्षको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ गते नतिजा प्रकाशित हुने जानकारी दिए ।
बोर्डले आजै नतिजा प्रकाशित गर्ने गरेको थियो । बिहीबार बोर्ड र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीसहितको भर्चुअल बैठक बसेको र त्यसमा केही विद्यालयको नतिजा अस्वाभाविक पाएपछि नतिजा प्रकाशन ढिलो भएको बोर्डका एक अधिकारीले बताए ।
यसका लागि बोर्डले जिल्ला समन्वय एकाइलाई आजै पत्र पठाउँदै छ । अस्वाभाविक नतिजाबारे एकाइले स्कूल सञ्चालकलाई बोलाएर सोध्ने, एकाइले बोर्डमा जनाउ दिने र त्यसपछि पुनः सच्याउने तयारी रहेको एक अधिकारीले जानकारी दिए ।
बोर्डको यो वर्षको परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० भन्दा बढी अंक दिनुपरेमा सो को कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था छ । उक्त नियमको उल्लंघन गरी कारण नखुलाई ८० भन्दा बढी अंक दिएको खुलेको हो । तर परीक्षा नियन्त्रक अधिकारी भने त्यस्तो कारण नभई प्राविधिक समस्याका कारणले नतिजा प्रकाशन गर्न समय लागेको बताए ।
उनले नतिजा ग्रेडमा दिने भएकाले ग्रेडमा गडबड नहोस्, विद्यार्थीको समग्र नतिजा र विद्यार्थीको अनुपस्थित रहेको औँल्याए ।
उनी भन्छन्, “भौतिक रुपमा परीक्षा दिँदा अनुपस्थित हुनु त जायज होला, अहिलेको परिस्थितिमा पनि अनुपस्थित देखिँदा छानबिन गर्नुपर्ने हुन्छ । कि त सिम्बोल नम्बर फरक परेकाले या सफ्टवेयरमा गडबडी भयो कि ।”
शिक्षाविद् डा विद्यानाथ कोइरालाले एसईई परीक्षा प्रणाली बनाए मात्र दिर्घकालीन समस्या समाधान हुने बताउँछन् ।

329 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal