सरकारलाई यातायात व्यवसायीले सवारी साधनको साँचो बुझाए, माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी
गणेश जि.सी.
काठमाडौं । यातायात व्यवसायीहरुले आफ्ना माग सम्बोधन नभएको बताउँदै सरकारलाई सार्वजनिक सवारी साधनको साँचो बुझाएका छन् ।
उनीहरुको माग अनुसार कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बुँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारीसाधनको साँचो हस्तान्तरण गरेका हुन् ।
काठमाडौंको माइतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीहरुले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा आइतबार मध्यान्हमा पुगेर प्रधानमन्त्री देउवासमक्ष पुर्याउने गरी प्रमुख जिल्ला अधिकारी पराजुलीलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका थिए ।
यातायात व्यवसायीहरुले गत असार २४ गतेदेखि आफूहरुको लागि कोभिड खोपको आवश्यक व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजना गर्नुपर्ने, मौद्रिक नीतिमा व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने, यातायातको विमा, नवीकरण र जरिवानामा छुट गर्नुपर्ने, सडक कानुन तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका ७ बुँदे माग सम्बोधन गर्न आन्दोलन गर्दै आएका छन् ।
कोभिड संकटका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनु परेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले डीएनएफ अनलाइनलाई बताए । उनले आफूहरुको माग अव पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।






ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





