इजरायल रोजगारीको आवेदन केही दिनमै खुल्छः राजदूत डा.शाक्य

२०७८ श्रावण १० गते, आईतवार

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले केही दिनमै इजरायल रोजगारीको लागि आवेदन खुल्ने बताएकी छन् । उक्त आवेदन अनुसार नेपालबाट महिला र पुरुष गरी एक हजार जना युवा सहायक कामदारको रुपमा इजरायल जान पाउने छन् ।
राजदूत डा. शाक्यको पहलमा सुरुमा पाँच सय जना नेपाली कामदार इजरायल पठाउने गरी श्रम सम्झौता भएको थियो । गत वर्षको माघ महिनामा सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिकलाई रोजगारीमा पठाउने गरी नेपालका लागि इजरायली राजदूत हनान गोडेर र वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक कुमारप्रसाद दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
इजरायलमा पाँच सय नेपाली कामदार पठाउने औपचारिक सहमति भएको केही समयपछि फेरि राजदूत डा. शाक्यको पहलमा थप पाँच सय नेपाली कामदार पठाउने सहमति भयो । जसले गर्दा अब चाँडै खुल्ने आवेदनमा एक हजार जना नेपाली इजरायल जान पाउने भएका छन्, जुन केही दिनमै तय हुनेछ ।
राजदूत डा. शाक्यले इजरायल सरकारसँग पाँच सयको कोटामा थप कोटा अनुरोध गरेकाले श्रमिक संख्या बढाइदिएर हजार पुर्यादिइएको र केही दिनमै नेपाली श्रमिक इजरायल आउने प्रक्रिया सुरु हुने बताइन् ।

321 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal