आज गुरू पूर्णिमा, श्रद्धाका साथ मनाइँदै

२०७८ श्रावण ९ गते, शनिबार

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिबार गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम उल्लेख छ । ‘गु’को अर्थ अन्धकार र रुको अर्थ प्रकाश हुन्छ । अन्धकाररूपी अज्ञान प्रकाशतर्फ डो¥याउन सफल हुने नै गुरू कहलिन्छ ।
पण्डित माधवप्रसाद शर्मा ‘गिरति अज्ञानं इति गुरूअ’ अर्थात् अज्ञान हटाएर ज्ञान प्रदान गर्नेलाई ‘गुरू’ भनिने बताउँछन् । ‘गुरू नै यथार्थ ब्रहम हो र उनकै योगदान चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ,’ उनी भन्छन्, ‘आज गुरू पूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद् लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् ।’ यसदिन गुरूलाई सम्मानपूर्वक उपहारसमेत दिने चलन छ । कतैकतै त गुरूदक्षिणा पनि दिइन्छ ।
परापूर्वकालमा गुरू भन्नेबित्तिकै गायत्री मन्त्र सिकाउने, दीक्षा दिने र धनुँबाण सिकाउने मानिन्थ्यो तर अहिले गुरूको परिभाषा विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरूले नै सिकाउने विश्वास गरिन्छ ।
शास्त्रमा देव बृहष्पति र शुक्राचार्य गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ । पछिल्लो समय गुरूप्रतिको व्यवहारमा परिवर्तन आएको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा।डा। रामचन्द्र गौतम विश्लेषण गर्छन् । ‘पहिले जति उच्च सम्मान अहिलेको पुस्तामा गुरूप्रति पाइन्न, उनी भन्छन्, ‘निष्ठाभन्दा स्वार्थका लागि गुरूप्रति व्यवहार दर्शाउने पाइएको छ । समाजमा गुरूकै नाममा फाइदा उठाउनेको पनि कमी छैन ।’
पण्डित शर्मा सुरुमा घरबाटै असल ज्ञान र शिक्षा पाउने बताउँदै बुबाआमालाई नै पहिलो गुरू मान्नुपर्नेमा जोड दिन्छन् । ‘आमाबुबाले जस्तो संस्कार सिकायो, छोराछोरी त्यस्तै हुने हो,’ उनी भन्छन् ।

325 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal