आज गुरू पूर्णिमा, श्रद्धाका साथ मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिबार गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम उल्लेख छ । ‘गु’को अर्थ अन्धकार र रुको अर्थ प्रकाश हुन्छ । अन्धकाररूपी अज्ञान प्रकाशतर्फ डो¥याउन सफल हुने नै गुरू कहलिन्छ ।
पण्डित माधवप्रसाद शर्मा ‘गिरति अज्ञानं इति गुरूअ’ अर्थात् अज्ञान हटाएर ज्ञान प्रदान गर्नेलाई ‘गुरू’ भनिने बताउँछन् । ‘गुरू नै यथार्थ ब्रहम हो र उनकै योगदान चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ,’ उनी भन्छन्, ‘आज गुरू पूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद् लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् ।’ यसदिन गुरूलाई सम्मानपूर्वक उपहारसमेत दिने चलन छ । कतैकतै त गुरूदक्षिणा पनि दिइन्छ ।
परापूर्वकालमा गुरू भन्नेबित्तिकै गायत्री मन्त्र सिकाउने, दीक्षा दिने र धनुँबाण सिकाउने मानिन्थ्यो तर अहिले गुरूको परिभाषा विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरूले नै सिकाउने विश्वास गरिन्छ ।
शास्त्रमा देव बृहष्पति र शुक्राचार्य गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ । पछिल्लो समय गुरूप्रतिको व्यवहारमा परिवर्तन आएको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा।डा। रामचन्द्र गौतम विश्लेषण गर्छन् । ‘पहिले जति उच्च सम्मान अहिलेको पुस्तामा गुरूप्रति पाइन्न, उनी भन्छन्, ‘निष्ठाभन्दा स्वार्थका लागि गुरूप्रति व्यवहार दर्शाउने पाइएको छ । समाजमा गुरूकै नाममा फाइदा उठाउनेको पनि कमी छैन ।’
पण्डित शर्मा सुरुमा घरबाटै असल ज्ञान र शिक्षा पाउने बताउँदै बुबाआमालाई नै पहिलो गुरू मान्नुपर्नेमा जोड दिन्छन् । ‘आमाबुबाले जस्तो संस्कार सिकायो, छोराछोरी त्यस्तै हुने हो,’ उनी भन्छन् ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार