पीडामा पनि हाँस्दै राहत बाँड्छन् कुँवर

२०७८ असार १३ गते, आईतवार

काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउनमा सबैजसो मानिस घरभित्रै बसे तर वाफल काठमाडौका ताराबहादुर कुँवर भने सधैं राहत वितरण र जनताको उद्धारमा नै लागिरहे ।
उनलाई पनि कोरोनाको डर थियो, लागिहाल्यो भने संकटमा परिन्छ भन्ने थियो तर पनि सक्रियता देखाउन छोडेनन् । उनी कहिले आफ्नै गाउँ काभ्रेको भुम्लु पुगे त कहिले चितवनको माडी पुगेर चेपाङ बस्तीको पुननिर्माणमा लागे । उनी आफूलाई केहीको पनि लोभ नभएको तर समाजसेवा भने गरिरहने बताउँछन् । ‘मलाई राजनीति गर्नु छैन, यही काम देखेर भोलि कसैले केही दिएला भन्ने पनि लागेको छैन तर आफ्नो काम गर्न छोड्दिन’ कुँवरले भने ‘मानिसहरुले कुँवरले के स्वार्थले राहत बाँड्छ पनि भन्ने गरेका छन्, जवाफ सजिलो छ, जनताले राहत पाउन् र कसैलाई पनि दुःख नपरोस् भन्ने हो ।’ उनले दोस्रो चरणको लकडाउनमा ९ औं चरणमा गरी ५ सय २५ परिवारलाई राहत बाँडिसकेका छन् । उनले कोरोनाको पहिलो लहरमा २७ चरणमा गरी १७ सय ५० लाई राहत स्वरुप चामल, दाल, नुन, तेललगायतका सामग्री बाँडे । उनले अहिलेको राहत वितरण हजुरलाई नमस्ते परोपकारी अभियानबाट गरेका हुन्, कँुवर नै यसको संयोजक हुन् ।
कुँवर व्यवसायी हुन् । उनलाई व्यापार व्यवसाय संकटमा परेको र दैनिकी समेत चलाउन धौधौ परेको आफूलाई पनि थाहा छ तर त्योभन्दा बढी जनतालाई पीडा छ भन्ने बुझेका छन् । उनले केही दिनअघि भुम्लु पुगेर ५ सय ५० परिवारलाई पुग्ने साबुन, क्रिम, तेललगायतका सामग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरे । उनले कोरोनाको बेला रगतको अभाव भएपछि रक्तदान अभियान पनि चलाए । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक, नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख उनको समाजसेवाको योगदानलाई सबैले उच्च मूल्यांकन गरेका छन् ।
‘कोरोनाको खतरा मलाई पनि छ तर त्यसो भन्दैमा डरले घरभित्र बसिन, अरु पीडितहरुको सेवामा नै लागिरहेँ’ उनले भने ‘मन बहलाउन कहिले ड्रममाथि चढेर नाच्छु त कहिले अनेक गन्थनमन्थन गीत गाएर मनलाई आनन्दित बनाउँछु ।’ उनी मनमा पीर भए पनि हाँसीखुशी नै देखिन्छन् । उनले कोरोनाको दोस्रो लहर सुरु हुँदा मानिसले अक्सिजन नपाएका बेला अक्सिनसमेत व्यवस्थापन गर्न लागिपरेका थिए । उनले विभिन्न ठाउँमा लुकाइएका अक्सिजन सिलिण्डर खोजेर कतिपय अस्पताल र व्यक्तिलाई समेत मापदण्ड बनाएर बाँडेका थिए ।
‘राहत बाँड्न सक्ने गरी मेरो पनि प्रशस्तै सम्पत्ति छैन तर मेरो मन ठूलो छ, यसमा नै गर्व गर्दछु’ उनले भने ‘यो असहज अवस्थामा एकले अर्कालाई सहयोग गरेर यो समस्याको निकास दिन लाग्नुपर्छ ।’ उनले सरकारले गर्नुपर्ने काम आफूले गरेको पनि दाबी गरेका छन् । ‘सरकारसँग स्रोत छ तर त्यसलाई जनताले सदुभपयोग गर्न पाएका छैनन्, मैले गरेजस्तो मात्र सरकारले गर्ने हो भने कुनै पनि नागरिकले दुःख महसुश गर्न पाउादैनन् ।’
उनले लकडाउन रहेसम्म राहत बाँडिरहने जनाएका छन् । उनी धेरैजसो राहत वितरण आफ्नै घरमा बोलाएर गर्छन् । कतिपय अवस्थामा उनले अपांगता भएका, दृष्टिविहीन र यस्तै समस्यामा परेकालाई घरमै पुगेर पनि राहत उपलब्ध गराएका छन् ।

285 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal