कोरोना महामारीले योगको महत्व झन् बढ्यो

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्व झन् बढेको बताएका छन्।
सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले योगाभ्यासलाई दैनिकीका रूपमा अघि बढाउन सके स्वस्थ जीवनयापनमा सहयोगी हुने बताएका हुन् ।
“योगको नियमित अभ्यासबाट सुस्वास्थ्य, कार्य क्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा वृद्धि, सकारात्मक सोचको विकासलगायत सकारात्मक गुणको विकास हुने कुरा हाम्रा पूर्वजहरूका खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भइसकेको छ”, प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “योगलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरिसकेको छ, यस प्रकारका अन्तर्राष्ट्रिय र राष्ट्रिय योग दिवसहरुले हरेक नागरिकमा योगाभ्यास गर्ने बानीको विकास भएमा मात्र हामीले दिवस मनाएको सार्थकता हुन्छ ।
साथै उनले नेपाल योग र ध्यानका लागि एक पवित्र तपोभूमि भएको र यही भूमिमा ऋषिमुनि तथा वैद्यहरूले जप, तप र ध्यानको माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको ऐतिहासिक प्रसङ्गसमेत शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको छ । नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस पनि मनाउने गरिएको छ । (रासस)
ताजा

राज्य र न्यायालयलाई नै लाज लाग्ने न्यायको भिख माग्न पुगेका बालिकालाई राज्य प्रशासनले यो हदको धरपकड….
२०७९ श्रावण २३ गते, सोमबार
राज्य र न्यायालयलाई नै लाज लाग्ने न्यायको भिख माग्न पुगेका बालिकालाई राज्य प्रशासनले यो हदको धरपकड….
२०७९ श्रावण २३ गते, सोमबार
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरुद्ध आन्दोलन चर्काउने खगेन्द्र नेपाली प,क्राउ….
२०७९ श्रावण २३ गते, सोमबार
मिस ग्रान्ड २०२२ को विजेता बनाउन लक्ष्मी धमलाको आग्रह
२०७९ श्रावण २३ गते, सोमबार
अश्लिल भिडियो पोस्ट गरेको भन्दै दुई मोडललाई १५ वर्षको जेल सजाय
२०७९ श्रावण २३ गते, सोमबार
युरोपमा नेपाली फेसन डिजाइनर आरतीको उडान
२०७९ श्रावण २३ गते, सोमबार
राष्ट्रपतिसँग भेट्न नपाएपछि पार्टी अध्यक्षले लेखे खुल्लापत्र
२०७९ श्रावण २३ गते, सोमबार
विद्युत् निर्यातबाट प्राधिकरणले १६ अर्व कमाउने
२०७९ श्रावण २३ गते, सोमबार
नवलको ‘काँडेतार’ भित्र के छ ?
२०७९ श्रावण २३ गते, सोमबार
‘टिके’को भरमा चल्दै पार्टीका संघ संगठन
२०७९ श्रावण २३ गते, सोमबार
रबि लामिछानेलाई केपी वलीले यति सम्म भनेपछि स्वतन्त्र पार्टी भित्र हं,गामा
२०७९ श्रावण २२ गते, आईतवारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार