एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसि)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ । आदेशले डिपार्टमेन्ट स्टोर्स खुल्न पाउने उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खाद्यान्न विक्री वितरण गर्ने डिपार्टमेन्ट स्टोर्स खोल्न दिने निर्णय भएको जानकारी दिए । यसअघिको निषेधाज्ञालाई नै यथावत राखिए पनि डिपार्टमेन्टल स्टोर्सका हकमा केही खुकुलो बनाइएको छ । पुस्तक पसल स्वास्थ्य मापदण्डको पालना गर्दै खोल्नुपर्ने आदेशमा उल्लेख छ ।
मृत्यु संस्कारमा जाँदा २५ जना भन्दा बढी सहभागी नहुन, रासायनिक मल तथा कृषि बीउबिजन विक्री वितरण गर्ने पसल सञ्चालन गर्न पाइने जनाइएको छ । सवारी साधन मर्मत केन्द्रमा तीनजना भन्दा बढी नराखी काम गराउनुपर्ने जनाइएको छ ।
चितवनमा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्लामा हालसम्म १५ हजार १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४२९ जना सक्रिय सङ्क्रमित हुन् ।
सक्रिय सङ्क्रमितमध्ये १२९ को अस्पतालमा उपचार भइरहेको छ भने अन्य सार्वजनिक आइसोलेशन तथा होम आइसोलेशनमा रहेका छन् । कोरोनाका कारण यस जिल्लामा २५२ जनाको मृत्यु भइसकेको छ । (रासस)

313 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal