राजेन्द्र महतो उपप्रधानमन्त्री

२०७८ जेष्ठ २१ गते, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ ।
जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने भएका छन् ।
महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुने छन् भने भण्डारीले उmर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयको जिम्मेवारी दिइने भएको छ ।
त्यसैगरी अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय र चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक तथा एकबाल मियाले वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । जसपाबाट दुई चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री बन्ने पक्का भएको छ ।

जसपाबाट मन्त्री थपिने भएपछि तीन जना मन्त्रीको जिम्मेवारी स्वतः खोसिएको छ । जिम्मेवारी खोसिनेहरूमा महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमि व्यवस्थामन्त्री डा। शिवमाया तुम्बाहाम्फे छिन् ।

391 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal