कोरोना अपडेटः २४ घण्टामा ११६ जनाको मृत्यु, ४४८७ संक्रमित

२०७८ जेष्ठ १५ गते, शनिबार

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४३११ र एन्टीजेन परिक्षणबाट १७६ गरि कुल ४४८७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७८।६ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ८९१ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १४ हजार ६ पिसिआर परिक्षण भएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ११ हजार ५०९ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ८०९ जना रहेका छन् भने होम आइसोलेसनमा एक लाख ३ हजार ७०० रहेका छन् ।
त्यस्तै अहिले नेपालमा १६१४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१६३ पुगेको छ ।

221 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal