बिश्वको नम्बर एक गभर्नरको उपाधी पाएका बुर्लाकोटी अब निर्देशक

२०७८ जेष्ठ १२ गते, बुधबार

काठमाडौँ । लायन बर्ष २०१६–१७ मा गभर्नर हुँदा लायन्स क्लब अन्तर्राष्ट्रियमा बिश्वको नम्बर एक गभर्नरको उपाधी पाएका बालकृष्ण बुर्लाकोटी परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिएका छन् । डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा बुर्लाकोटीले सम्पूर्ण नेपाली लायन्सहरुलाई आफुलाई मतदान गर्न अनुरोध गर्नुभएको छ ।लायन्सको नेपालमा ए १, ए २, बी १ र बि २ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल शुरु भएको छ । लायन्स क्लब इन्टरनेशनल मल्टिपल ३२५ नेपालका पूर्वमल्टिपल चियरपर्शन समेत रहेका बुर्लाकोटी आफ्नो विजय सुनिश्चित भएको बताउँछन् ।
लायन्स क्लब मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल चियरपर्सन रहेका उनले मल्टिपलमा लायन्स फन्ड सुरुवात गरेका थिए । उनलाई मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको जस पनि दिने गरिएको छ ।
समाजिक सेवामा स्वस्थ प्रतिस्पर्धा गर्ने लायन्सभित्र चमत्कारिक नतिजाहरु निकाल्न सफल मानिने बुर्लाकोटी सामाजिक कामहरुमा सक्रिय रहँदै आएका छन् । मल्टिपल चियरपर्सन रहँदा उनले उत्कृष्ट दूरदृष्टिका साथ काम गर्दै अत्यधिक परियोजनाहरु नेपाल भित्र्याउन सफल भएका थिए । उनले मल्टिपल काउन्सिल चियरपर्सन हुँदा रिडिस्टिकिङ कमिटीको गठन गर्दै ४ वटै डिस्ट्रिक्ट लाई रिडिस्ट्रिक्ट गरी १५ वटा डिस्ट्रिक्ट बनाउन सफल भएका थिए ।
उनले सामाजिक सेवा गर्ने संस्था आर्थिक हिसाबले पनि बलियो हुनुपर्छ भन्दै मल्टिपलमा आफ्नै कोष खडा गर्दै नेपाल लायन्स फाउण्डेशनको शुभारम्भ पनि गरेका थिए ।
बुर्लाकोटीले अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिने दर्ता मल्टिपलमा नै गर्ने अवधारणालाई पनि व्यवहारिक कार्यान्वयन गरेका थिए । यसले गर्दा लायन्सहरुले दर्ता रकम रद्द गरेर सजिलै रकम फिर्ता पाउन सक्छन् ।
लायन्स अहिले विश्वका २ सय भन्दा बढी देशहरुमा फैलिएको छ । उनले गभर्नरको भूमिकामा रहँदा धेरै रेकर्डहरु बनाउँदै इतिहास रचेका थिए । उनले लायन्सको सय वर्षको इतिहासमा पहिलोपटक आफ्नो कार्यकालमा १०० वटा क्लब खोल्न सफल भएका थिए । उनले त्यतिबेला २ हजार ८ सय ६३ सदस्यता बिस्तार गर्दै सय एमजेएफ योगदान गराउन पनि सफल भएका थिए ।
बुर्लाकोटीकै नेतृत्वमा नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप भएको थियो । पदमा रहँदा र नरहँदा पनि निरन्तर सामाजिक काममा सक्रिय रहँदै आएका बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सन र इसामे एसिया फोरम कोलकातामा पनि आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका छन् ।
सकारात्मक सोचका साथ अगाडि बढेका बुर्लाकोटी सरल स्वतन्त्र र स्वच्छ छविभएको नेता को रुपमा लिईने गरेको अधिकाम्स लायन्सहरु बताउछन् ।
बुर्लाकोटी लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि आफूले नेपाललाई कामले नै संसारभर चिनाउने प्रतिवद्धता व्यक्त गर्छन् । आफ्नो कार्यकालमा नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने उनी बताउँछन् ।?
यसअघि नेपालबाट पहिलो पटक नेपालको छोरो अन्तर्राष्ट्रिय निर्देशक पदमा सञ्जय खेतानले भूमिका निर्वाह गरिसकेका छन् । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको दौडमा रहेका छन । हाम्रो अग्रिम शुभकामना ।

3740 Views

ताजा

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै

२०८२ मंसिर २ गते, मंगलवार

मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

२०८२ मंसिर २ गते, मंगलवार

व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं

२०८२ मंसिर १ गते, सोमबार

मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय

२०८२ मंसिर १ गते, सोमबार

मंसिर १८  बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै

२०८२ मंसिर १ गते, सोमबार

मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’

२०८२ मंसिर १ गते, सोमबार

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो

२०८२ मंसिर १ गते, सोमबार

नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी

२०८२ मंसिर १ गते, सोमबार

‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता

२०८२ मंसिर १ गते, सोमबार

आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै

२०८२ मंसिर १ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal