बिश्वको नम्बर एक गभर्नरको उपाधी पाएका बुर्लाकोटी अब निर्देशक

२०७८ जेष्ठ १२ गते, बुधबार

काठमाडौँ । लायन बर्ष २०१६–१७ मा गभर्नर हुँदा लायन्स क्लब अन्तर्राष्ट्रियमा बिश्वको नम्बर एक गभर्नरको उपाधी पाएका बालकृष्ण बुर्लाकोटी परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिएका छन् । डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा बुर्लाकोटीले सम्पूर्ण नेपाली लायन्सहरुलाई आफुलाई मतदान गर्न अनुरोध गर्नुभएको छ ।लायन्सको नेपालमा ए १, ए २, बी १ र बि २ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल शुरु भएको छ । लायन्स क्लब इन्टरनेशनल मल्टिपल ३२५ नेपालका पूर्वमल्टिपल चियरपर्शन समेत रहेका बुर्लाकोटी आफ्नो विजय सुनिश्चित भएको बताउँछन् ।
लायन्स क्लब मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल चियरपर्सन रहेका उनले मल्टिपलमा लायन्स फन्ड सुरुवात गरेका थिए । उनलाई मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको जस पनि दिने गरिएको छ ।
समाजिक सेवामा स्वस्थ प्रतिस्पर्धा गर्ने लायन्सभित्र चमत्कारिक नतिजाहरु निकाल्न सफल मानिने बुर्लाकोटी सामाजिक कामहरुमा सक्रिय रहँदै आएका छन् । मल्टिपल चियरपर्सन रहँदा उनले उत्कृष्ट दूरदृष्टिका साथ काम गर्दै अत्यधिक परियोजनाहरु नेपाल भित्र्याउन सफल भएका थिए । उनले मल्टिपल काउन्सिल चियरपर्सन हुँदा रिडिस्टिकिङ कमिटीको गठन गर्दै ४ वटै डिस्ट्रिक्ट लाई रिडिस्ट्रिक्ट गरी १५ वटा डिस्ट्रिक्ट बनाउन सफल भएका थिए ।
उनले सामाजिक सेवा गर्ने संस्था आर्थिक हिसाबले पनि बलियो हुनुपर्छ भन्दै मल्टिपलमा आफ्नै कोष खडा गर्दै नेपाल लायन्स फाउण्डेशनको शुभारम्भ पनि गरेका थिए ।
बुर्लाकोटीले अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिने दर्ता मल्टिपलमा नै गर्ने अवधारणालाई पनि व्यवहारिक कार्यान्वयन गरेका थिए । यसले गर्दा लायन्सहरुले दर्ता रकम रद्द गरेर सजिलै रकम फिर्ता पाउन सक्छन् ।
लायन्स अहिले विश्वका २ सय भन्दा बढी देशहरुमा फैलिएको छ । उनले गभर्नरको भूमिकामा रहँदा धेरै रेकर्डहरु बनाउँदै इतिहास रचेका थिए । उनले लायन्सको सय वर्षको इतिहासमा पहिलोपटक आफ्नो कार्यकालमा १०० वटा क्लब खोल्न सफल भएका थिए । उनले त्यतिबेला २ हजार ८ सय ६३ सदस्यता बिस्तार गर्दै सय एमजेएफ योगदान गराउन पनि सफल भएका थिए ।
बुर्लाकोटीकै नेतृत्वमा नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप भएको थियो । पदमा रहँदा र नरहँदा पनि निरन्तर सामाजिक काममा सक्रिय रहँदै आएका बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सन र इसामे एसिया फोरम कोलकातामा पनि आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका छन् ।
सकारात्मक सोचका साथ अगाडि बढेका बुर्लाकोटी सरल स्वतन्त्र र स्वच्छ छविभएको नेता को रुपमा लिईने गरेको अधिकाम्स लायन्सहरु बताउछन् ।
बुर्लाकोटी लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि आफूले नेपाललाई कामले नै संसारभर चिनाउने प्रतिवद्धता व्यक्त गर्छन् । आफ्नो कार्यकालमा नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने उनी बताउँछन् ।?
यसअघि नेपालबाट पहिलो पटक नेपालको छोरो अन्तर्राष्ट्रिय निर्देशक पदमा सञ्जय खेतानले भूमिका निर्वाह गरिसकेका छन् । खेतान अहिले लायन्सको अन्तर्राष्ट्रिय अध्यक्षको दौडमा रहेका छन । हाम्रो अग्रिम शुभकामना ।

3791 Views

7 thoughts on “बिश्वको नम्बर एक गभर्नरको उपाधी पाएका बुर्लाकोटी अब निर्देशक

  1. कुनै बिशेषण जोडने शब्दै भेटीन लायन बाल्कृण बुर्लाकोटी बारे बोल्ने । उहा एकै शब्दमा नम्र भद्र शालिन सेवाभाब र सहयोगि मनको सागर नै हुनूहुन्छ्। स्वदेशी हुन बिदेशी उहाको आतिथ्यता स्त्कार सन्मान गर्ने तौर तरिका लाख बरारबर उहा सकल हुनुहुन्छ्।

    भनिन्छ नि अकबरे सूनलाइ कसि किन ? उहा त साचै भन्ने हो भने सन्जिबनी नै हुनूहुन्छ लायनबाद को अर्थात पर्याय्। तेसैले अधिराज्य भरी रहनू भएका नेपाली लायनबाद सङ्ग जोडिनू भएका लायन लिडर क्लब अध्क्ष्य ज्यु हरूमा यो त्यो होइन लायन्स सेवाभाब भएका नेत्रुत्वमा रहनू भएका मध्य र अन्तरास्ट्र लायन्स डाइरेक्टर को लागी योग्य सक्षम एक मात्र उमेदवार लायन बालकृस्ण बुर्लाकोटी हुनूहुन्छ्। लायनबादमा उहाको यो एक दसक को छोटो अबधिमा Second centurian Ambaasdor PMJF NLF मा उहाको योग्दान , आफू गभनर हुदा १०० क्लब, १०० MJF अनगिन्ती सेवा र योगदानले गर्दा बिस्वको नम्बर -१ डिस्ट्रीक बनाउन सफल तेसैले उहा कूशल सङ्गठक सफल नेता त्यो त मल्टीपल काउन्सिल चेयर पर्सन हुदाको कृयाकलाप इसामे फोरम र LCIF Area Leader को दोहोर्ह्याएर जिम्बेवारी पाउनू नै काफि छ्।

    ,लायन्स अन्तरास्ट्रीय कन्भेन्सनमा नेपालको कुशल नेत्रुत्वकर्ता as a speeker ? बक्ता … वा रे वा तपाइ लायन बालकृस्ण बुर्लाकोटीको तुलना नै छैन्।तेसैले जित बिजयको नजिक पुगेको आभास छ्। प्रजतान्त्रीक अभ्यास ले अझ खारीने अबसर हुन्छ्न र साधारण जो भखर लायनबादमा प्रबेश गर्नूहुने लाइ त यो कन्भेन्सन र डाइरेकक्टर चयन गर्ने सुनौलो अबसर मिल्यो नि जान्ने बुझने अबसर पनि हो र मध्ये छान्ने पनि अबसर हो ।सबैमा लायन बाल कृस्ण बुर्लाकोटी ज्यु सङ्ग मनचाह साक्षात्कार गर्नोस र अ्ऊल्य मत दिनोस ।जय लायन बाद्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal