पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट प्रतिबन्ध
एजेन्सी । पाकिस्तान सरकारको तर्फबाट टिकटक एपमा दुईपटक प्रतिबन्ध लगाएर हटाइसकिएको छ । पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी (पीटीए)ले यो सोसल मिडिया एप कन्टेन्टरको सेन्सर गर्नका लागि नयाँ तरिका अपनाएको छ । त्यो हो व्यक्तिगत रुपमा कुनै अकाउन्टमाथि प्रतिबन्ध लगाउनु । पीटीएको तर्फबाट स्पोर्टस् कमेन्टेटर मिया खलिफाको अकाउन्टमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।
कुनै आधिकारिक घोषणा बिना पीटीएले मिया खलिफाको अकाउन्टमाथि प्रतिबन्ध लगाइदिएको छ । यस्तो किन गरियो, यसको कुनै स्पष्ट कारण पनि बताइएको छैन ।
पाकिस्तानमा जब मिया खलिफाका प्रशंसकले उनको अकाउन्टको सामग्री देख्न पाएनन् तब उनीहरुले ट्वीटरमा यसबारे हल्लाखल्ला गर्न थाले । मियाले त्यहीँबाट आफ्नो अकाउन्ट प्रतिबन्ध भएको थाहा पाइन् । यो थाहा पाउँदा उनी अचम्मै परिन् ।
तर लेबनान मूलकी मिया खलिफाले पीटीएको यो प्रतिबन्धलाई वास्तै गरिनन् र उनले आफ्नो ट्वीटमा जे भनिन् त्यसले उनका पाकिस्तानका प्रशंसकलाई थोरै भएपनि राहत प्रदान गरेको छ ।
मिया खलिफाले ट्वीटमा भनिन्, ‘म अबदेखि आफ्नो सबै टिकटक ट्वीटरमा पुनः पोस्ट गर्नेछु । यो मेरा ती पाकिस्तानी प्रशंसकका लागि हो जसले फासीवादलाई जरैदेखि हटाउन चाहन्छन् । ’
पाकिस्तानमा थुप्रै सोसल मिडिया प्रयोगकर्ताले मिया खलिफाको समर्थन गरे र पीटीएको कदमको आलोचना गरे । उनीहरुले पीटीएलाई आफ्नो वास्तविक काममा ध्यान केन्द्रीत गर्न सुझाव पनि दिएका छन् ।
स्मरण रहोस्, मिया खलिफा सामाजिक र मानवाधिकार सम्बन्धि मुद्दाबारे आफ्नो धारणा राख्ने गर्छिन् । उनले प्यालेस्टिनीमाथि इजराइली हमलाविरुद्ध पनि आवाज उठाएकी छिन् । मिया खलिफाले यो विषयमा संयुक्त राष्ट हात बाँधेर बसिरहेको आरोप लगाएकी छिन् ।
मिया खलिफाको सोसल मिडियामा तगडा फ्यान फलोविङ छ । मिया खलिफाले पोर्न इन्डष्ट्रिमा पनि काम गरिसकेकी छिन् । उनले २१ वर्षको उमेरमा पोर्न इन्डष्ट्रिमा आफ्नो पहिचान बनाउन सफल भएकी थिइन् । यद्यपि, अब मियाले पोर्न इन्डष्ट्रि छोडिसकेकी छिन् ।

ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





