पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट प्रतिबन्ध

२०७८ जेष्ठ ११ गते, मंगलवार

एजेन्सी । पाकिस्तान सरकारको तर्फबाट टिकटक एपमा दुईपटक प्रतिबन्ध लगाएर हटाइसकिएको छ । पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी (पीटीए)ले यो सोसल मिडिया एप कन्टेन्टरको सेन्सर गर्नका लागि नयाँ तरिका अपनाएको छ । त्यो हो व्यक्तिगत रुपमा कुनै अकाउन्टमाथि प्रतिबन्ध लगाउनु । पीटीएको तर्फबाट स्पोर्टस् कमेन्टेटर मिया खलिफाको अकाउन्टमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।
कुनै आधिकारिक घोषणा बिना पीटीएले मिया खलिफाको अकाउन्टमाथि प्रतिबन्ध लगाइदिएको छ । यस्तो किन गरियो, यसको कुनै स्पष्ट कारण पनि बताइएको छैन ।
पाकिस्तानमा जब मिया खलिफाका प्रशंसकले उनको अकाउन्टको सामग्री देख्न पाएनन् तब उनीहरुले ट्वीटरमा यसबारे हल्लाखल्ला गर्न थाले । मियाले त्यहीँबाट आफ्नो अकाउन्ट प्रतिबन्ध भएको थाहा पाइन् । यो थाहा पाउँदा उनी अचम्मै परिन् ।
तर लेबनान मूलकी मिया खलिफाले पीटीएको यो प्रतिबन्धलाई वास्तै गरिनन् र उनले आफ्नो ट्वीटमा जे भनिन् त्यसले उनका पाकिस्तानका प्रशंसकलाई थोरै भएपनि राहत प्रदान गरेको छ ।
मिया खलिफाले ट्वीटमा भनिन्, ‘म अबदेखि आफ्नो सबै टिकटक ट्वीटरमा पुनः पोस्ट गर्नेछु । यो मेरा ती पाकिस्तानी प्रशंसकका लागि हो जसले फासीवादलाई जरैदेखि हटाउन चाहन्छन् । ’
पाकिस्तानमा थुप्रै सोसल मिडिया प्रयोगकर्ताले मिया खलिफाको समर्थन गरे र पीटीएको कदमको आलोचना गरे । उनीहरुले पीटीएलाई आफ्नो वास्तविक काममा ध्यान केन्द्रीत गर्न सुझाव पनि दिएका छन् ।
स्मरण रहोस्, मिया खलिफा सामाजिक र मानवाधिकार सम्बन्धि मुद्दाबारे आफ्नो धारणा राख्ने गर्छिन् । उनले प्यालेस्टिनीमाथि इजराइली हमलाविरुद्ध पनि आवाज उठाएकी छिन् । मिया खलिफाले यो विषयमा संयुक्त राष्ट हात बाँधेर बसिरहेको आरोप लगाएकी छिन् ।
मिया खलिफाको सोसल मिडियामा तगडा फ्यान फलोविङ छ । मिया खलिफाले पोर्न इन्डष्ट्रिमा पनि काम गरिसकेकी छिन् । उनले २१ वर्षको उमेरमा पोर्न इन्डष्ट्रिमा आफ्नो पहिचान बनाउन सफल भएकी थिइन् । यद्यपि, अब मियाले पोर्न इन्डष्ट्रि छोडिसकेकी छिन् ।

387 Views

ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

२०८१ चैत्र ३ गते, आईतवार

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता

२०८१ फाल्गुन २८ गते, बुधबार

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा

२०८१ फाल्गुन २६ गते, सोमबार

ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष

२०८१ फाल्गुन २६ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal