राष्ट्रपतिद्वारा संसद विघटन
२०७८ जेष्ठ ८ गते, शनिबार
कठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराती प्रतिनिधिसभा विघटन गरेकी छिन् ।
यस अघि मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गर्नु भएको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।
218 Views