गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.

२०७८ बैशाख २३ गते, बिहीबार

काठमाडौँ । गैर आवासीय नेपाली संघको क्यालिफ़ोर्नियाको च्याप्टर उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका बिष्णु केसी (खत्री) ले आफु स्वतन्त्र उम्मेद्वार रहेको र सम्पूर्ण क्यालिफ़ॉर्नियामा बसोबास गर्ने नेपालीहरुको उम्मेद्वार रहेकोले आफूको जित निस्चित रहेको बताएका छन् । केसीले आफु कुनै पार्टी वा संगठनको नेतृत्व विना नै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

गैरआवासीय नेपाली संघको अभियानमा विगत देखि नै सहभागी हुदै आएको बताउँदै उनले आफु पुनः थप संस्थागत जिम्मेवारी सहित सेवामा रहनका लागि उम्मेद्वारी दिएको बताए । आफु कुनै संगठन वा पार्टीको नेतृत्व नगरेको र पार्टी तथा संगठनको सिद्धान्त भन्दा पनि कैलिफ़ॉर्निया च्याप्टर निवासी सम्पूर्ण नेपालीमा समर्पण रहने उनको भनाई छ । साथै आफु पद तथा अरु कुनै कुराको लोभ भन्दा पनि जिम्मेवार निकायमा रहेर सेवामा तल्लिन रहने बताउँदै जिते पनि नजितेपनि आगामी २ बर्ष अझै एन आर एन ए प्रति जिम्मेवार रहिरहने बताएका छन् ।

केसीका प्रतिबद्धताः
१ .नेपाली समुदायलाई अति आवश्यक कम्युनिटी हल
निर्माणका लागि आवश्यक पहल कदमी तथा तदारुकताका
साथ लागि पर्नेछु ।
२. हाम्रो नेपाली जनशक्तिलाई अझ सशक्त र सुदृढ बनाउन र
यहाँको जब मार्केट तथा अवसरलाई मध्यनजर गरी यस राज्य
तथा अन्य राज्यमा रहनु भएका विभिन्न क्षेत्रका नेपाली
विद्वान मित्रहरु तथा दक्ष मित्रहरु संग एवं यहाँको सरकारी तथा
गैह्र सरकारी निकायहरुसंग छलफल बहस र सहकार्य गरी
विभिन्न किसिमका सिपमूलक तालिमहरु संचालन गरी दक्ष
जनशक्ति उत्पादनमा जोड दिने छु ।

३. नेपालवाट विभिन्न माध्यमवाट तत्काल यहाँ आई पुग्नु हुने
हरेक नेपालीलाई सुरुमा समस्या पर्दछ तसर्थ उहाँहरूको लागि
गास, बास र जागीरका लागि सहयोग गर्नेछु । जुन मैले
आजसम्म गरि गराई आई रहेको छु ।
४. जेहेन्दार बिद्यार्थीका लागि छात्रवृतिको व्यवस्थाका साथै
अन्य विद्यार्थीहरुलाई आवश्यकता अनुसारको अन्य सहयोग
उपलब्ध गराउने छु ।
५. यहाँ भैपरी आउने सुख दुःख का सबै कार्यहरुमा आफ्नो
कर्तव्य ठानी आवश्यक सहयोग जुटाउने तथा समन्वयकारी
भूमिका निभाउनेछु ।
६. विभिन्न भिषामा नेपालवाट केही समयका लागि आउनु हुने
आमा वुवाहरुका लागि निशुल्क उपचारको व्यवस्था गर्न
आवश्यक प्रकृयाका लागि सहयोग पुर्याउने छु ।
७.क्यालिफोर्निया राज्यको विभिन्न स्थानहरूमा छरिएर रहेका
नेपालीहरूको लागी मुख्य मुख्य शहरमा सामुदायिक केन्द्र
स्थापना गर्न, नेपाली समाज भन्दा बाहिर बिदेशी संघ संस्था
तथा व्यक्तिहरुसंग डोनेसनको लागी पहल गरी जत्ति सक्दो
चाढो स्थापना गर्न जोड दिनेछु ।
८. स्थायी बासिन्दाको लागि ईमिग्रेशन प्रक्रियामा रहनु भएका
दाजुभाई तथा दिदी बहिनीहरूलाई तथा अन्य सबै किसिमको
कानुनी सल्लाह उपलब्द गराउने प्रयोजनार्थ छुट्टै नेपाली कानुन व्यवसायीहरु संग सहकार्य गरी एउटा कानुन परामर्श
डेस्क स्थापना गर्नेछु ।

605 Views

ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

२०८१ चैत्र ३ गते, आईतवार

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता

२०८१ फाल्गुन २८ गते, बुधबार

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा

२०८१ फाल्गुन २६ गते, सोमबार

ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष

२०८१ फाल्गुन २६ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal