आदर्श सञ्चारका शेयर सदस्यहरुलाई स्वास्थ्य सचेतना

२०७८ बैशाख ५ गते, आईतवार

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि स्वास्थ्य सम्बन्धी चेतना अभियान शुरु गरेको छ । सदस्यहरुलाई स्वास्थ्य सुरक्षाका बारेमा सचेतना प्रदान गरी स्वस्थ सदस्य बनाउने अभियानका साथ बरेङ गाउँपालिकाबाट अभियान शुरुवात गरिएको संस्थाले जनाएको छ ।
सदस्यहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने संस्थाको १४ औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्वास्थ्य सचेतना अभियान थालिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।
सहकारीका सदस्यहरुलाई रोग लाग्नबाट कसरी बच्ने र रोग लागि सकेपछि घरेलु औषधीहरुको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनका लागि स्वास्थ्य सचेतना कार्यक्रम अगाडि बढाएको अध्यक्ष जिसीले बताउनुभयो ।
बरेङ गाउँपालिकाका शेयर सदस्यहरुको सहभागितामा आयोजित कार्यक्रममा सहजीकरण गर्दै धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज रायले स्थानीय रुपमा खेर गैरहेका स्रोतहरुको पहिचान र परिचालन गरी स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिने भएकाले यसका बारेमा सचेतना आवश्यक रहेको बताउनुभयो ।
मानिसको सबै भन्दा ठुलो सम्पत्ती स्वास्थ्य हो, स्वास्थ्य अवस्थालाई व्यवस्थित गराउनका लागि घरेलु स्रोतहरुको अधिकतम उपयोग गर्नु पर्छ, कार्यालय प्रमुख रायले भन्नुभयो– ‘रोग लागि सकेपछि उपचारका लागि दौडनु भन्दा रोग नै लाग्न नदिनका लागि खानपानमा घरेलु जडिबुडीको प्रयोगमा ध्यान दिन सके धेरै रोगबाट बच्न सकिन्छ ।’
हाम्रो क्षेत्रमा खेर गैरहेका औषधीजन्य जडिबुडीहरुको प्रयोगले रोग लाग्न नदिन र रोग लागिसकेपछि उपचारका लागि दीगो समाधान दिने भए पनि चेतनाको अभावले धेरै औषधीजन्य जडिबुटी त्यसै खेर गैरहेको उहाँको भनाइ छ । स्थानीय औषधीजन्य जडिबुटीहरुको पहिचान, उपयोग र परिचालनका विषयमा रायले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसीले सदस्यहरुको आर्थिक विकासका लागि स्वास्थ्य सतर्कता आवश्यक रहेको बताउनुभयो । सहकारीले पूँजि परिचालनसंगै स्वास्थ्य सचेतना र उपचारमा समेत प्रभावकारी काम गर्न सक्ने भएकाले स्वास्थ्य क्षेत्रमा सहकारीहरुको ध्यान पुग्नु पर्नेमा उहाँको जोड दिनुभयो ।
संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले सहकारीमार्फत स्थानीय उत्पादन बढाउन, स्थानीय वस्तुहरुको उपयोगमा ध्यान दिनु पर्ने बताउनुभयो ।
शेयर सदस्यहरुको तर्फबाट बोल्दै समाजसेवी शेर बहादुर खनालले आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार, वचत तथा ऋणसंगै सदस्यहरुको नेतृत्व विकास, क्षमता विकास लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको र पछिल्लो समय स्वास्थ्य सचेतना र स्थानीय स्रोतको परिचालनका लागि सञ्चालन गरेको अभियानबाट आफु प्रभावित भएको भन्दै संस्थाको उन्नती प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, बरेङ गाउँपालिका स्तरीय उपसमितिका संयोजक जयराम शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक दिपकराज सापकोटाले गर्नु भएको थियो ।

305 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal