संगीत तथा नाट्य प्रतिष्ठानमा विधागत समावेशीकरण आवश्यक
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य तथा नाट्य कलाकारलाई नसमेटेकोमा वरिष्ठ कलाकार नारायणदेवी प्रधानले असन्तुष्टि ब्यक्त गर्नुभएको छ । विधागत समावेशी प्रतिनिधित्व नरहेकै कारण प्रतिष्ठानले वास्तविक रुप नपाएको उहाँको गुनासो थियो ।
नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उहाँले यस विषयमा ध्यानाकर्षणका लागि सबै नृत्य कलाकार तथा नृत्य निर्देशकहरु लाग्नु पर्ने बताउनु भयो ।
नेपाल सरकारको तर्फबाट २०७७ सालको सुप्रबल जनसेवा श्री तृतीय पदकवाट विभूषित हुनुभएका शाखाका सल्लाहकार नारायणदेवी प्रधानलाई संघको ललितपुर शाखाले बधाई ज्ञापन गर्दै सम्मान पत्र प्रदान गरेकोे थियो ।
कार्यक्रममा प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भूवनदास श्रेष्ठले आफूहरुले ४ बर्ष अघि १३ जनाले शुरु गरेको संगठनले उल्लेख्य विस्तार गरेको बताउनु भयो । नृत्य निर्देशकहरुको हकहितका लागि नीतिगत सम्बोधन गराउन क्रियाशील संघले राष्ट्रिय स्तरमा सरकारको मान्यतामा फागुन ६ गते नृत्य दिवस मनाउन पहल गरिरहेको बताउनु भयो ।
संघको ललितपुर जिल्लाका अध्यक्ष श्री प्रदिप रमण सिं डंगोल सभापतित्वमा भएको समारोहमा सभापतिसहित प्रमुख अतिथि भूवनदास श्रेष्ठ, शाखाका सल्लाहकार सम्मानित ब्यक्तित्व वरिष्ठ कलाकार नारायणदेवी प्रधान, शाखाका सल्लाहकारहरु वरिष्ठ नृत्य निर्देशक मोहन ब्यन्जनकार, वरिष्ठ नृत्य निर्देशक गौतम नकर्मी, नेवा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले संयुक्त रुपमा भित्तेपात्रो सार्वजनिक गर्नुभएको थियो ।
कुमारी पार्टी प्यालेस गाबहालमा भएको उक्त कार्यक्रम प्रमुख अतिथि श्रेष्ठले नाट्येश्वर पूजा तथा पानसमा बत्ती बाली शुभारम्भ भएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्याय, केन्द्रीय सचिव ज्ञानबहादुर महर्जन, केन्द्रीय प्रवक्ता तथा सदस्य ऋषिकेश श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष बुद्ध लामा, भक्तपुर जिल्ला सचिव चूडामणि फूंयाल, सल्लाहकारको तर्फबाट मोहन ब्यन्जनकारले शुभकामना सन्देश दिँदै आफ्नो विचार राख्नुभएको थियो । भक्तपुर जिल्ला कोषाध्यक्ष प्रदिप श्रेष्ठ, सदस्य समिर शंखदेव प्रजापति तथा ललितपुर जिल्ला सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शाखाका सहसचिव सुरेन्द्र देसारले स्वागत मन्तव्य राख्नु भएको थियो । भित्तेपात्रो प्रकाशनमा महत्वपूर्ण योगदान गरेकाले सहसचिव देसारलाई सम्मान पनि गरिएको थियो ।
उक्त समारोहमा कार्यकारिणी समितिमा प्रवेश गर्नुभएका रचना महर्जन, आजीवन सदस्य, साधारण सदस्यहरूलाई पनि प्रमाण पत्र तथा परिचय पत्र प्रदान गर्दै स्वागत गरिएको थियो ।
शाखाका सचिव मिनर्वा शर्मा राजोपाध्यायले संचालन गर्नुभएको कार्यक्रममा महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै कुमारी पार्टी प्यालेसलाई मायाको चिनो प्रदान गरिएको थियो ।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





