संगीत तथा नाट्य प्रतिष्ठानमा विधागत समावेशीकरण आवश्यक
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य तथा नाट्य कलाकारलाई नसमेटेकोमा वरिष्ठ कलाकार नारायणदेवी प्रधानले असन्तुष्टि ब्यक्त गर्नुभएको छ । विधागत समावेशी प्रतिनिधित्व नरहेकै कारण प्रतिष्ठानले वास्तविक रुप नपाएको उहाँको गुनासो थियो ।
नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उहाँले यस विषयमा ध्यानाकर्षणका लागि सबै नृत्य कलाकार तथा नृत्य निर्देशकहरु लाग्नु पर्ने बताउनु भयो ।
नेपाल सरकारको तर्फबाट २०७७ सालको सुप्रबल जनसेवा श्री तृतीय पदकवाट विभूषित हुनुभएका शाखाका सल्लाहकार नारायणदेवी प्रधानलाई संघको ललितपुर शाखाले बधाई ज्ञापन गर्दै सम्मान पत्र प्रदान गरेकोे थियो ।
कार्यक्रममा प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भूवनदास श्रेष्ठले आफूहरुले ४ बर्ष अघि १३ जनाले शुरु गरेको संगठनले उल्लेख्य विस्तार गरेको बताउनु भयो । नृत्य निर्देशकहरुको हकहितका लागि नीतिगत सम्बोधन गराउन क्रियाशील संघले राष्ट्रिय स्तरमा सरकारको मान्यतामा फागुन ६ गते नृत्य दिवस मनाउन पहल गरिरहेको बताउनु भयो ।
संघको ललितपुर जिल्लाका अध्यक्ष श्री प्रदिप रमण सिं डंगोल सभापतित्वमा भएको समारोहमा सभापतिसहित प्रमुख अतिथि भूवनदास श्रेष्ठ, शाखाका सल्लाहकार सम्मानित ब्यक्तित्व वरिष्ठ कलाकार नारायणदेवी प्रधान, शाखाका सल्लाहकारहरु वरिष्ठ नृत्य निर्देशक मोहन ब्यन्जनकार, वरिष्ठ नृत्य निर्देशक गौतम नकर्मी, नेवा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले संयुक्त रुपमा भित्तेपात्रो सार्वजनिक गर्नुभएको थियो ।
कुमारी पार्टी प्यालेस गाबहालमा भएको उक्त कार्यक्रम प्रमुख अतिथि श्रेष्ठले नाट्येश्वर पूजा तथा पानसमा बत्ती बाली शुभारम्भ भएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्याय, केन्द्रीय सचिव ज्ञानबहादुर महर्जन, केन्द्रीय प्रवक्ता तथा सदस्य ऋषिकेश श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष बुद्ध लामा, भक्तपुर जिल्ला सचिव चूडामणि फूंयाल, सल्लाहकारको तर्फबाट मोहन ब्यन्जनकारले शुभकामना सन्देश दिँदै आफ्नो विचार राख्नुभएको थियो । भक्तपुर जिल्ला कोषाध्यक्ष प्रदिप श्रेष्ठ, सदस्य समिर शंखदेव प्रजापति तथा ललितपुर जिल्ला सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शाखाका सहसचिव सुरेन्द्र देसारले स्वागत मन्तव्य राख्नु भएको थियो । भित्तेपात्रो प्रकाशनमा महत्वपूर्ण योगदान गरेकाले सहसचिव देसारलाई सम्मान पनि गरिएको थियो ।
उक्त समारोहमा कार्यकारिणी समितिमा प्रवेश गर्नुभएका रचना महर्जन, आजीवन सदस्य, साधारण सदस्यहरूलाई पनि प्रमाण पत्र तथा परिचय पत्र प्रदान गर्दै स्वागत गरिएको थियो ।
शाखाका सचिव मिनर्वा शर्मा राजोपाध्यायले संचालन गर्नुभएको कार्यक्रममा महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै कुमारी पार्टी प्यालेसलाई मायाको चिनो प्रदान गरिएको थियो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





