गोपालप्रसाद रिमाल नामक पुस्तक लोकार्पण

२०७७ चैत्र २५ गते, बुधबार

काठमाडौ । पत्रकार गोविन्दप्रसाद दुलालद्धारा लिखित गोपालप्रसाद रिमाल नामक पुस्तक एक समारोहकाबीच सार्बजनिक भएको छ ।
बरिष्ठ पत्रकार एवं लेखन कुञ्जका सम्पादक टंक पन्त द्धारा सम्पादित सो पुस्तकको उपप्रधानमन्त्री इश्वर पोख्रेलले लोकार्पण गर्दै कबि तथा नाटककार गोपाल प्रसाद रिमालले चर्चित ऐतिहासिक पुस्तकहरु हामी समक्ष पस्किनुभयो तर उहाकै बारेमा नलेखिएको पुस्तक आज लेखिएको छ यो आफैमा ऐतिहासिक भएको उल्लेख गर्नुभएको छ ।
उपप्रधानमन्त्री पोखरेलले आमाको सपनाहरु र मसानघाट जस्ता कृतिका लेखक रिमालको ब्याक्तित्व र कृतित्वको खोज अनुसन्धान गरि पुस्तक तयार गर्नु सजिलो थिएन तर तर लेखक गोविन्द दुलालको मेहनत वरिष्ठ पत्रकार टंक पन्तको कुसल सम्पादनले पुस्तक जुन रुपमा आएको छ त्यो राज्यकै एउटा महत्वपुर्ण सम्पत्ति बनेको बताउनु भएको छ।
रिमाल सबै साहित्यिक व्यक्तिका ढुकढुकी पनि हुन्।रिमाल कवि हुन् तर राजनीतिक पार्टी खोलेर नेताको अवतारमा पनि देखिए।राणाकालीन समयमा युवा भेला पारेर राजधानीमा जागरण–गीत गाउदै हिड्थे ।क्रान्तिकारी भजनमण्डलीको संयोजन गरेर धार्मिक माध्यमहरुलाई समाजका निम्ति उपयोग गरे। रिमालले नै जनसमक्ष भाषण गर्दा पहिलोपटक ‘जय नेपाल’ भनी अभिवादन गरेका हुन्।
‘इन्क्लाब जिन्दावाद, प्रजातन्त्र जिन्दावाद।’ नाराको पहिलो प्रयोग उनैबाट भएको हो।अमिन लप्टनको जागिर छोडे।क्रान्तिलाई टेवा पुग्ने कविता–लेखहरु लेखे। जेल गए । अनशन बसे। नजरबन्दमा परे।देशभक्त भए। स्वप्नदष््रटा भए। कवि, नाटककार र क्रान्तिकारी भए।प्रज्रातन्त्र स्थापनापछि पनि जनताका सपना पूरा नहुने देखेपछि विक्षिप्त भएर उपचारका लागि राँचीको पाहुना समेत बने।तर,जिन्दगीभर आफ्नो राष्ट्रको नक्सा छातीमा बोकेर हिँडे।अवचेतन अवस्थामा राष्ट्रको निलो आकाश हेर्दै ‘मेरो नेपाल, मेरो नेपाल’ भनी रोए।यस्ता व्यक्तित्वको गहकिलो पुस्तक प्रकाशन हुन जरूरी थियो।सरकारले कवि तथा नाटककार गोपाल प्रसाद रिमालको नाममा दुइ वटा पुरस्कार स्थापना गरेको छ।
पुस्तक प्रकाशक संस्था घोष्ट राइटिङ नेलालका अध्यक्ष कमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सोही समारोहमा जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवार द्वारा गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो।
पुस्तकको समीक्षा गर्दै कवि तथा समालोचक डा रामप्रसाद ज्ञवालीले यो पुस्तक स्ऐतिहासिक भएको र यो पुस्तकका अनुसूचीमा समेटिएका आमाको सपना कविता संग्रह र मसान नाटकले गर्दापनि यो पुस्तक ऐतिहासिक रहेको उल्लेख गर्दै यस्तो महत्वपुर्ण पुस्तक प्रकाशन हुनु हामी सबैका लागि अत्यन्त खुशीको पक्ष भएको उल्लेख गर्नुभएको छ । विद्यालय तथा विश्वविद्यालयहरुका लागि सन्दर्भ सामग्रीका रुपमा मसानघाट र आमाको सपना पुस्तक अहिले बजारमा नरहेको बेला सो सामग्री गोपाल प्रसाद रिमालको यहि पुस्तकमा समेटिनु अर्को राम्रो पक्ष भएको डा ज्ञवालीले बताउनुभएको छ।पुस्तकका समपादक बरिष्ठ पत्रकार नेपाली पत्रकारहरुको अन्तरारष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष टंक पन्तले स्वागत मन्तब्य ब्यक्त गर्देै यस्तो ऐतिहासिक पुस्तक सम्पादन गर्ने अबसर पाउनु शौभाग्यको कुरा भएको बताउनुभएको छ।
गोपालप्रसाद रिमालका सुपुत्र मदन रिमालले धन्यबाद ज्ञापन गर्देै आफना पिताको पुस्तक प्रकाशन हुनु आफनो परिबारका लागि निकै खुशीको कुरा भएको उल्लेख गर्नुभयो ।सो कार्यक्रममा पुस्तकका लेखक गोबिन्दप्रसाद दुलालले कार्यक्रम संचालन गर्दै गोपाल प्रसाद रिमाल जस्तो राष्टिय ब्याक्तित्वको निधन भएको धेरै बर्षपछि पुस्तक लेख्नु आफैमा सजिलो थिएन तर परिबार एवं अन्य बौद्धिक ब्याक्तित्वको सहयोगमा पुस्तक तयार भएको उल्लेख गर्नुभएको छ।
रिमालका कविताका केही हरफहरु ः
रातो र चन्द्र–सूर्य जङ्गी निसान हाम्रो।
जिउँदो रगत सरि यो,बल्दो यो सान हाम्रो ।।
एक जुगमा एक दिन एक चोटि आउँछ ।
उलट–पुलट,उथल–पुथल, हेरफेर ल्याउँछ ।।
आमा,त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ।
यहाँ बुद्ध जन्माउनु पर्छ ।
यहाँ लेनिन जन्माउनु पर्छ ।
मैले त क्रान्तिलाई सलामी दिइसके।
क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ ।।
जस्ता कबिता बाचनबाट कार्यक्रम सुरु भएको थियो ।

714 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal