झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन शिलन्यास

२०७७ चैत्र ७ गते, शनिबार

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका देउरालीमा सम्पदा संरक्षणको अभियानअन्तर्गत सामुदायिक भवन शिलन्यास गरिएको छ । वडा नं ६ नेपालथोकमा झिल्टुङ नेपाल समाजको पहलमा झिल्टुङ सम्पदा गाउँ सामुदायिक भवन निर्माण गर्न लागिएको हो ।
बुधबार भवन शिलन्यास गर्दै बाग्मती प्रदेश सांसद केशवराज पाण्डेले झिल्टुङ क्षेत्रको सम्पदा संरक्षणका लागि सामुदायिक भवनले ठूलो योगदान गर्ने विस्वास व्यक्त गर्नुभयो ।
ऐतिहासिक महत्व बोकेको झिल्टुङ क्षेत्रको विकास, संरक्षण र सम्बद्र्धनका लागि स्थानीयले गरेको प्रयास सह्रानिय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाल, नेपाल वंशज परिषद्का केन्द्रिय अध्यक्ष तथा कृषि विकास बैंकका सिइयो अनिल उपाध्याय, नेपाल नेपाल वंशज परिषद्का केन्द्रिय उपाध्यक्ष तथा प्रोफेसर डा। शैलेन्द्र प्रकाश नेपाल, नेपाल वंशज परिषद्का केन्द्रिय महासचिव समिर नेपाल, केन्द्रीय सदस्य कुवेरमणी नेपाल लगायतले भवन निर्माणका लागि स्रोत साधन जुटाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भवन निर्माण समितिको आयोजनामा भएको कार्यक्रममा स्थानीय कला संस्कृति झल्किने झाँकी तथा साँस्कृतिक प्रस्तुती गरिएको थियो ।

363 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal