टी–२० शृङ्खलामा भारतको कम्ब्याक, २–२ को बराबरी
एजेन्सी
अहमदाबादमा खेलिएको चौँथो टी–२० खेलमा भारतले इङ्ल्याण्डलाई ८ रनले हराएको छ । जीतसँगै ५ खेलको शृङ्खलालाई भारतले २–२ को बराबरी गर्न सफल भएको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । जवाफमा इङ्ल्याण्डको टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन मात्र बनाउन सक्यो । अन्तिम २ ओभरमा जीतका लागि इङ्ल्याण्डलाई ३३ रन चाहिएकोमा टोली २४ रन मात्र बनाएको थियो ।
भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए । उता शार्दूल ठाकुरले ३ विकेट लिँदै इङ्ल्याण्डको टोलीलाई लक्ष्यसम्म पुग्न दिएनन् । हार्दिक पाण्ड्या र राहुल चाहरले २–२ विकेट लिए । इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ तथा जेसन रोयले ४० रनको योगदान दिए । जोफ्रा आर्चरले ४ विकेट लिए ।
भारतले पछिल्लो २ वर्षदेखि टी–२० मा एउटै टोलीसँग लगातार दुई खेल हारेको छैन । पछिल्लो पटक सन् २०१९ मा भारत अस्ट्रेलियासँल लगातार दुई खेलमा पराजित भएको थियो । शृङ्खलाको अन्तिम र निर्णायक खेल २० मार्चमा अहमदाबादमा नै हुनेछ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





