टी–२० शृङ्खलामा भारतको कम्ब्याक, २–२ को बराबरी

२०७७ चैत्र ६ गते, शुक्रबार


एजेन्सी
अहमदाबादमा खेलिएको चौँथो टी–२० खेलमा भारतले इङ्ल्याण्डलाई ८ रनले हराएको छ । जीतसँगै ५ खेलको शृङ्खलालाई भारतले २–२ को बराबरी गर्न सफल भएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । जवाफमा इङ्ल्याण्डको टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन मात्र बनाउन सक्यो । अन्तिम २ ओभरमा जीतका लागि इङ्ल्याण्डलाई ३३ रन चाहिएकोमा टोली २४ रन मात्र बनाएको थियो ।

भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए । उता शार्दूल ठाकुरले ३ विकेट लिँदै इङ्ल्याण्डको टोलीलाई लक्ष्यसम्म पुग्न दिएनन् । हार्दिक पाण्ड्या र राहुल चाहरले २–२ विकेट लिए । ​इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ तथा जेसन रोयले ४० रनको योगदान दिए । जोफ्रा आर्चरले ४ विकेट लिए ।

भारतले पछिल्लो २ वर्षदेखि टी–२० मा एउटै टोलीसँग लगातार दुई खेल हारेको छैन । पछिल्लो पटक सन् २०१९ मा भारत अस्ट्रेलियासँल लगातार दुई खेलमा पराजित भएको थियो । शृङ्खलाको अन्तिम र निर्णायक खेल २० मार्चमा अहमदाबादमा नै हुनेछ ।

325 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal