समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको समायोजन सम्पन्न
काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको यही चैत्र ४ गते १३औं वार्षिकोत्सव र संगठन समायोजन कार्यक्रम सम्पन्न भएको छ । उक्त संगठन समायोजन कार्यक्रम जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको संघले जनाएको छ ।
पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रममा समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको समायोजन सम्पन्न भएको जनाईएको हो । उप–प्राध्यापक डा. उदयकिशोर तिवारीको नेतृत्वमा ६३ सदस्यीय समिति पनि गठन भएको छ ।
कार्यक्रममा राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उप–प्राध्यापक डा. उदयकिशोर तिवारीले समाजवादी प्राध्यापक मञ्च र रालोप्रासंबीच समायोजन भएको बताए । उनले दुई शक्ति एक भएको भन्दै खुशी व्यक्त गरे । उनले समाजवादी प्राध्यापक मञ्च र लोकतान्त्रिक प्राध्यापक आज संघ एक भएको भन्दै अन्य विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई आवद्व हुनसमेत आग्रह गरे ।
विश्वविद्यालयका पदाधिकारीहरुले राम्रा र योग्य भन्दापनि आफ्ना मान्छेलाई नियुक्ती गर्दा विश्वविद्यालयप्रतिको विश्वासमा संकट पैदा हुन थालेको उप–प्राध्यापक डा. तिवारीको भनाई छ । उनले जोड दिँदै भने,‘अब तीनवटा प्राध्यापक शक्तिहरुको बीचमा सहमति गरेर अगाडी बढाउँदा विश्वविद्यायलको हित हुन्छ ।’
कार्यक्रममा बोल्दै संघका महासचिव तथा उप–प्राध्यापक उदयकुमार कर्णले चैत ४ गते सम्पन्न वार्षिकोत्सव कार्यक्रममा लोकतान्त्रिक प्रध्यापक संघ र समाजवादी प्राध्यापक मञ्चबीच एकता सम्पन्न भएको बताए । उनले भने, ‘लोकतान्त्रिक प्रध्यापक संघ विशुुद्व रुपमा उच्च शिक्षा विश्व विद्यालयमा अध्यापन गर्ने एउटा प्रागिक संस्था हो ।’ उनले उच्च शिक्षामा समावेसी र समानुपातिक प्रवेशको सुनिश्चित्ता लगायत शैक्षिक आदर्शप्रति समर्पित भएर लागेको संस्था भएको जिकिर गरे ।
संघका उपाध्यक्ष तथा सह–प्रध्यापक डा.अरुण कुमार ठाकुरले प्रध्यापक संघ विश्व विद्यालयमा स्थापित तेस्रो शक्तिको रुपमा रहेको बताए । उनले भने,‘प्राध्यापक संघलाई वैकल्पिक शक्तिको रुपमा अगाडी बढाउन चाहन्छौँ ।’ विश्वविद्यालयमा क्वालिटेटिभ लिडरसिप र भीजनको कमी भएको उनले औल्याए । थिंक ट्याङकलाई लिएर अगामी दिनमा थुप्रै नीतिहरूले ल्याउने समेत उनले जानकारी दिए । ठाकुरले कार्यक्रममा प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।
संघका अर्का उपाध्यक्ष तथा उप्र–प्राध्यापक अशोक थापाले राजनीतिक रुपमा प्राध्यापकहरु एउटा सचेत समूदाय रहेको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि हामी विभिन्न दललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समर्थन गर्छौँ ।’
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





