समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको समायोजन सम्पन्न

२०७७ चैत्र ७ गते, शनिबार

काठमाडौं । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको यही चैत्र ४ गते १३औं वार्षिकोत्सव र संगठन समायोजन कार्यक्रम सम्पन्न भएको छ । उक्त संगठन समायोजन कार्यक्रम जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको संघले जनाएको छ ।
पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रममा समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको समायोजन सम्पन्न भएको जनाईएको हो । उप–प्राध्यापक डा. उदयकिशोर तिवारीको नेतृत्वमा ६३ सदस्यीय समिति पनि गठन भएको छ ।
कार्यक्रममा राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उप–प्राध्यापक डा. उदयकिशोर तिवारीले समाजवादी प्राध्यापक मञ्च र रालोप्रासंबीच समायोजन भएको बताए । उनले दुई शक्ति एक भएको भन्दै खुशी व्यक्त गरे । उनले समाजवादी प्राध्यापक मञ्च र लोकतान्त्रिक प्राध्यापक आज संघ एक भएको भन्दै अन्य विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई आवद्व हुनसमेत आग्रह गरे ।
विश्वविद्यालयका पदाधिकारीहरुले राम्रा र योग्य भन्दापनि आफ्ना मान्छेलाई नियुक्ती गर्दा विश्वविद्यालयप्रतिको विश्वासमा संकट पैदा हुन थालेको उप–प्राध्यापक डा. तिवारीको भनाई छ । उनले जोड दिँदै भने,‘अब तीनवटा प्राध्यापक शक्तिहरुको बीचमा सहमति गरेर अगाडी बढाउँदा विश्वविद्यायलको हित हुन्छ ।’
कार्यक्रममा बोल्दै संघका महासचिव तथा उप–प्राध्यापक उदयकुमार कर्णले चैत ४ गते सम्पन्न वार्षिकोत्सव कार्यक्रममा लोकतान्त्रिक प्रध्यापक संघ र समाजवादी प्राध्यापक मञ्चबीच एकता सम्पन्न भएको बताए । उनले भने, ‘लोकतान्त्रिक प्रध्यापक संघ विशुुद्व रुपमा उच्च शिक्षा विश्व विद्यालयमा अध्यापन गर्ने एउटा प्रागिक संस्था हो ।’ उनले उच्च शिक्षामा समावेसी र समानुपातिक प्रवेशको सुनिश्चित्ता लगायत शैक्षिक आदर्शप्रति समर्पित भएर लागेको संस्था भएको जिकिर गरे ।
संघका उपाध्यक्ष तथा सह–प्रध्यापक डा.अरुण कुमार ठाकुरले प्रध्यापक संघ विश्व विद्यालयमा स्थापित तेस्रो शक्तिको रुपमा रहेको बताए । उनले भने,‘प्राध्यापक संघलाई वैकल्पिक शक्तिको रुपमा अगाडी बढाउन चाहन्छौँ ।’ विश्वविद्यालयमा क्वालिटेटिभ लिडरसिप र भीजनको कमी भएको उनले औल्याए । थिंक ट्याङकलाई लिएर अगामी दिनमा थुप्रै नीतिहरूले ल्याउने समेत उनले जानकारी दिए । ठाकुरले कार्यक्रममा प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।
संघका अर्का उपाध्यक्ष तथा उप्र–प्राध्यापक अशोक थापाले राजनीतिक रुपमा प्राध्यापकहरु एउटा सचेत समूदाय रहेको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि हामी विभिन्न दललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समर्थन गर्छौँ ।’

291 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal