प्रचण्डजी ! तपाईं पछुताउनु हुनेछः प्रसाई

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाडौं । केपी ओली र प्रचण्डलाई मार्सी भात खुवाएका चिर्चत व्यवसायी दुर्गा प्रसाईंले प्रचण्डलाई फरक बाटो नहिँड्न चेतावनी दिएका छन् । झापाको बिर्तामोडमा प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा प्रधानमन्त्री ओली समेत रहेका बेला प्रसाईंले प्रचण्डमाथि प्रश्न गरेका छन् । ‘के कारणले फरक बाटो हिँड्दै हुनुहुन्छ ? म जस्ता कार्यकर्ता र शुभचिन्तकलाई धोका दिने कुरा कति जायज छ ?’ प्रसाईंले सोधे ।
प्रसाईंले अस्पताल उद्घाटनको कार्यक्रममा प्रचण्ड नहुँदा मञ्च अपुरो भएको बताए । ‘यो मञ्च अपुरो छ, अर्को व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ । नेपाली जनताको मनमा विराजमान हुनुपर्ने तपाईं हो तर जनमञ्चबाट तिरस्कृत हुँदैहुँदै जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लाग्नुहुन्छ भने जनताले तपाईंलाई माइतीघरभन्दा धेरै पर हुत्याएर घर न घाटको बनाउने छन्, तपाईं पछुताउनु हुनेछ,’ उनले भने, ‘काजी सा’पहरूले राज्यसत्ताको तर मारेको जनताले रुचाएका छैनन् । विचार गर्नुहोला प्रचण्डजी ।’ आफूले जनताको सेवा गर्दै रोजगारी सिर्जना गर्ने व्यवसाय गर्दा समेत तिरस्कृत हुनुपरेको गुनासो प्रसाईंले गरे ।

277 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal