सरकार र विप्लवबीच वार्ता टोली गठन सकारात्मक छ – कांग्रेस

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच भएको वार्ता प्रयासलाई सकारात्मक भनी टिप्पणी गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले मंगलवार एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठनलाई सकारात्मक भनी टिप्पणी गरेका हुन् । उनले इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रहसमेत गरेका छन् । नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको छ– प्रवक्ता शर्माले भनेका छन्, ‘सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्नेछन् भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।
मंगलवार सरकार र विप्लव दुवै पक्षले वार्ता टोली गठन गरिएको घोषणा गरेका थिए । सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई छन् । केन्द्रीय सदस्य उदय चलाउने सम्मिलित विप्लव पक्षले गठन गरेको वार्ता टोलीको नेतृत्व भने खड्गबहादुर विश्वकर्माले गर्नेछन् ।

253 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal