आदर्श सञ्चार सहकारीको अर्ध वार्षिक समिक्षा
२०८० सम्म गण्डकी प्रदेशकै उत्कृष्ट सञ्चारगृह बनाइने
बागलुङ ।सूचना र सञ्चारसंगै वित्तीय कारोबार गर्दै आइरहेको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको अर्धवार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी छलफल कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
संस्थाका संञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, उपसमितिका सदस्यहरु र कर्मचारीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ को अर्धवार्षिक अवस्था र आगामी योजनाका बारेमा छलफल भएको थियो ।
२०८० सालसम्म गण्डकी प्रदेशको उत्कृष्ट सहकारी संस्था तथा सवल सञ्चारगृहका रुपमा स्थापित गर्ने रणनीतिक योजनाका साथ अगाडि बढेको संस्थाले लक्ष्य अनुसार नै प्रगति गर्दै गएको सो अवसरमा जानकारी गराइएको थियो ।
कोरोना संक्रमणका कारण गत आर्थिक वर्षको अन्तिम र चालु आर्थिक वर्षको शुरुमा केही समस्या भए पनि संस्थाले १० वर्षे रणनीतिक योजना अनुसार नै वार्षिक रुपमा प्रगति गरेको र यस आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसार नै काम गर्न सफल भएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।
संस्थाको रणनीतिक योजना अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड ८५ लाख शेयर पूँजि, ४० करोड वचत, ३८ करोड कर्जा लगानी र ५० करोड कुल सम्पत्ती पु¥याउने लक्ष्य लिएकोमा हाल २ हजार ५ सय जना शेयर सदस्य, ३३ करोड शेयर पूँजि, ३१ करोड कर्जा लगानी र ४० करोड कुल सम्पत्ती रहेको छ ।
संस्थाको रणनीतिक योजना अनुसार २०८० सालको असार मसान्तसम्ममा संस्थालाई गण्डकी प्रदेशको उत्कृष्ट सञ्चारगृहका रुपमा स्थापित गर्ने, ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर पूँजि, ८० करोड वचत, ७५ करोड कर्जा लगानी र १ अर्बको कुल सम्पत्ती पु¥याउने लक्ष्य रहेको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।
सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न तथा संस्थाको योजना र लक्ष्य पुरा गर्नका लागि सञ्चालक समिति, लेखा समिति, उपसमिति र कर्मचारीहरुको भूमिका प्रभावकारी हुनु पर्ने र त्यसका लागि शिक्षा, तालिम, समिक्षा, अन्तरक्रिया तथा छलफल कार्यक्रम निरन्तर आवश्यक रहेको जिसीको भनाइ छ ।
अर्धवार्षिक समिक्षाको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ
(नेफ्स्कुन) का सञ्चालक कमला गिरीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालनका लागि नीति, विधि र प्रविधिको प्रयोगसंगै कर्मचारी र सञ्चालकहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो । सञ्चालक र कर्मचारीले आफ्नो जिम्मेवारी सदैब बोध गर्न सकेमा मात्रै सहकारीहरुल्े लक्ष्य अनुसार प्रगति गर्न सक्ने भएकाले उनीहरुको क्षमता विकासका लागि संस्थाको योजना आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सिजना महिला बचत तथा ऋण सहकारी संस्था पोखराका अध्यक्ष पवित्रा के.सी, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाको वित्तीय लगायत समसामयिक अवस्था, र रणनीतिक योजना अनुसार यस आर्थिक वर्षका लक्ष्य तथा प्रगति र गर्नु पर्ने कामका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु)को अध्यक्षता, सल्लाहकार रुद्र महतको स्वागत तथा प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमासम्पन्न भएको थियो ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





