फेकनमा जितेकी दीपाले के के गर्छु भनिन् ?

२०७७ फाल्गुन १६ गते, आईतवार

काठमाडौं । कन्सल्टेन्सी व्यवसायीको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को २०७७ साल फागुण ८ गते सम्पन्न १० औं साधारणसभा तथा निर्वाचनमा चर्चाको शिखरमा रहेको नाम हो दीपा लामिछाने । निर्वाचनमा जाँदादेखि नै आफूलाई फरक ढंगले स्थापित गर्ने प्रयास गरेकी उनले निर्वाचनमा सबैभन्दा बढी मत पाएपछि व्यवसायी र पेशाकर्मीको पक्षमा दिलोज्यान दिएर काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
‘मैले यो क्षेत्रमा लागेर अहिलेसम्म जति ज्ञान पाएकी छु, त्यो व्यवसायीको हकहितमा नै खर्चने छु, मेरो प्रतिबद्धतामा तलमाथि हुँदैन’ कार्यसमिति सदस्यमा अत्याधिक मत ल्याइसकेपछि उनले भनिन् ‘ मेरो लगनशीलता र मिहनेतको प्रतिफल हो यो, अहिले ठूलो जिम्मेवारी आएको महसुश गरेकी छु ।’
लामिछानेले १ सय ६९ मत खसेकोमा उनले झण्डै ७० प्रतिशत अर्थात् १ सय १३ मत ल्याएर आफूलाई उत्कृष्ट सावित गरिन् । उनले यो सफलता आफ्नोमात्र नभएको दाबी गरेकी छिन् । ‘जसले मलाई पत्याएर मतदान गर्नुभयो, यो सबैको जित हो, जसले मलाई मतदान गर्नु भएन उहाँहरुसँग पनि मेरो कुनै गुनासो छैन’ उनले थपिन् ‘ आगामी दिनमा उहाँहरुले पनि मलाई साथ दिनुहुने छ र त्यो वातावरण म संस्थामा बसेर तयार पार्ने छु ।’ उनले अब महिलाहरु पनि सक्षम भइसकेकाले प्रत्येक ठाउँमा अवसरको मात्र खाँचो रहेको समेत स्पष्ट पारिन् । निर्वाचनले दुई वर्षका लागि बासुदेव नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । फोर स्टेप्स कन्सल्टेन्सीकी प्रवन्ध निर्देशक रहेकी उनले व्यवसायमा देखिएका समस्यालाई सम्वोधन गर्ने र सहजीकरण गर्ने आफ्नो प्रमुख लक्ष्य भएको बताएकी छिन् । कोरोना भाइरसका कारण व्यवसायीले भोगेको समस्यालाई कसरी निकास दिने भन्नेमा उनी चिन्तित छिन् । १५ वर्षअघिदेखि उनी यो क्षेत्रमा लागेकी छिन् । शैक्षिक अध्ययनको लागि विदेशिने विद्यार्थीलाई अध्ययनका क्रममा परेका समस्यालाई न्यूनीकरण गर्नु पनि एउटा चुनौती रहेको बताइन् । अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, यूके, यूएस्ए, साउथ कोरियालगायतका देशसँग राम्रो सम्वन्ध स्थापित गरेकी उनले विद्यार्थीको थप अध्ययनका लागि नयाँ गन्तव्य पनि खोजी गर्नुपर्नेमा जोड दिएकी छिन् ।
दीपा कन्सल्टेन्सी व्यवसायीमात्र पनि होइनन् । उनको अर्को लुकेको पाटो हो समाजसेवा । ‘मलाई समाजसेवा गर्न मन छ, जसबाट मैले आत्म सन्तुष्टि पाएकी छु’ उनले भनिन् ‘ समाजमा समस्यामा परेकालाई मैले राहत र उद्धार गरेकी छु ।’ उनले आश्रय गृह सञ्चालनमा ल्याएकी छिन्, त्यसकी अध्यक्षसमेत रहेकी उनले बालबालिका, बृद्धबृद्धा र महिलाको पक्षमा काम गर्दै आएकी छिन् । कोरोना भाइरसको त्रासका कारण मानिसमा मानसिक र व्यवहारिक समस्या परेका बेला उनले काउन्सिलिङ समेत गराएकी थिइन् ।

561 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal