शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा।भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्थे । सडक सञ्जाल विस्तार हुन नसकेको सुदूरपश्चिममा शैक्षिक गतिविधि र पाठशाला सङ्ख्यामा थोरै थिए ।
प्राथमिक शिक्षादेखि काठमाडौं अध्ययन गरेका डा। पन्तले पढाइ सकेपछि सुदूरपश्चिममै शैक्षिक क्षेत्रको विकासका लागि २०४६ सालमा महेन्द्रनगरमा आर्दश विद्या निकेतन सञ्चालन गरे । “मलाई याद हुँदा धनगढीमा त्रिनगर मावि थियो । कञ्चनपुरमा त स्कूल नै थिएन”, पन्तले भने, “अहिले त घर आगँनमै चाहेको शिक्षा हासिल गर्नसक्ने अवस्था विद्यार्थीमाझ छ ।”
उनले महेन्द्रनगरमा बैजनाथ मावि र महेन्द्रनगर उच्च मावि सञ्चालनमा आएपछि शैक्षिक गतिविधि सञ्चालनमा आएको बताए । “तीसको दशकमा यहाँ सिद्धनाथ विज्ञान क्याम्पस सञ्चालनमा आएपछि यहाँको चर्चा शैक्षिक जगत्मै भयो”, उनले भने, “अहिले त प्राविधिक शिक्षादेखि चाहेअनुसारको विषय पढ्ने वातावरण बनेको छ ।” अहिले कञ्चनपुरमा मात्रै २५० भन्दा बढी विद्यालय सञ्चालनमा छन् । सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुँदै गइरहेको उनको भनाइ छ ।
त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन डा टेकराज पन्त यहाँको शिक्षा क्षेत्रमा भएको प्रगतिप्रति सन्तुष्ट रहेका छन् । चालीसको दशकअघि यहाँ शैक्षिक क्षेत्रमा जनताको पहुँच कम भए पनि अहिलेको शैक्षिक विकास लाखौँ गुणाले अगाडि भइसकेको डा।पन्तको भनाइ छ ।
“डडेल्धुरामा प्राथमिकस्तरको शिक्षापछि थप शिक्षा हासिल गर्न भारत जानु पर्यो”, उनले भने, “२०३३ सालमा बीएड गर्ने महेन्द्रनगरमा चार जना मात्रै थियौँ ।” लामो समय शैक्षिक विकास र अध्यापनमा खर्चेका पन्तले २०५७ सालमा यहाँको तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसमा पहिलो पटक स्नातकोत्तर तहको अध्ययनका लागि स्वीकृति मिलेको बताए ।
“पहाडसँगै तराईका जिल्लामा पनि यहाँ शिक्षाको प्रबन्ध राम्रो थिएन”, उनले भने, “२०२४ मा पहिलो पटक कञ्चनपुरमा ‘बैजनाथ मावि’ माविस्तरको स्कुल थियो ।” उनले बैजनाथ मावि एक शिक्षक र एक विद्यार्थीबाट शुरु भएको जानकारी दिए । उनले सडक सञ्जाल विस्तार नहुनुका साथै भौगोलिक विकटताका कारण काठमाडौँ र भारत अध्ययनका लागि जान खर्चिलो र झन्झट हुने गरेको विगत सुनाए ।
“अहिले त वडा वडामा स्कुल छन्”, उनले भने, “प्राविधिक शिक्षा पनि स्थानीयस्तरमै अध्ययन गर्न पाउनु हर्षको कुरो हो ।” गरीब परिवारमा पनि शिक्षाप्रतिको प्रेमको वातावरण बनेको पन्तको भनाइ छ । उनले यहाँ प्राविधिक शिक्षा सञ्चालनमा रहे पनि दक्ष प्राध्यापकको अझै खाँचो रहेको बताए । विसं २०६७ सालमा महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय खुलेपछि शैक्षिक क्षेत्रको विकासमा थप टेवा पुगेको उनको भनाइ थियो ।
त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका लेखाअधिकृत अशोक भण्डारीले यसवर्ष तीन वटा विषयमा एमफिल र विद्यावारिधि कक्षा सञ्चालन भएको बताए । दुवै तर्फ १२० विद्यार्थी भर्नासमेत भइसकेको विश्वविद्यालयले जनाएको छ । करीब १९ हजार विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयसित १६ वटा क्याम्पस आङगिक क्याम्पसका रूपमा आबद्ध छन् । “यो वर्ष बिएएलएलबी र बिएसडब्लु विषयमासमेत कक्षा सञ्चालन भए”, भण्डारीले भने, “कोरोना कहरमा पनि हामीले अनलाइन कक्षा र अनलाइन विधिबाटै सम्पूर्ण परीक्षा समयममै सञ्चालन गर्न सफल भयौँ ।”
त्यसैगरी नेपाल विद्यार्थी सङ्घका नेता इन्द्र साउद यहाँको शैक्षिक विकासका निम्ति विद्यार्थी सङ्घ÷सङ्गठन पनि सहयोगी भूमिकामा रहनुपर्नेमा जोड दिन्छन् । “विद्यार्थीको हकहित र शैक्षिक सुधारका लागि रचनात्मक दबाब दिने हो”, नेता साउदले भने, “त्यही नाउँमा बन्द हड्ताल गरेर शैक्षिक वातावरण अब कसैले बिगार्नु हुन्न ।” –रासस
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





