ओलीलाई दिएको जनादेश संसद विघटन र निरङ्कूशताको लाइसेन्स होइनः नेता श्रेष्ठ
काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै जनता समाजवादी पार्टी, नेपालले हिजो देशव्यापी रूपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ । काठमाडौंमा जनता समाजवादीको नेवाः राष्ट्रिय समिति तथा पार्टीसम्बद्ध भातृसङ्गठनहरूको संयुक्त आयोजनामा शान्तिबाटीकाबाट सुरु भएको जनप्रदर्शनमा आन्दोलनकारीहरूले ‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम खारेज गर’, ‘प्रतिनिधिसभा पुनस्र्थापना गर’, ‘ओली सरकारको चमत्कार भ्रष्टाचार र वलात्कार’ जस्ता नारा लगाउँदै बाङ्गेमुढामा पुगेपछि विरोध सभामा परिणत भएका थिए ।
विरोध सभामा प्रमुख अतिथि तथा पार्टीका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले राजनीतिक स्थिरताको नारा दिई सत्तारुढ भएका ओलीले उल्टो काम गरेको भन्दै संविधानले संसद भङ्ग गर्ने विशेषाधिकार प्रमलाई नदिएको बताएका छन् । उनले भने, ‘जनताले गत निर्वाचनमा नेकपालाई दिएको मत संसद भङ्ग गर्नका लागि दिएको होइन, ओलीलाई दिएको जनादेश निरङ्कूशताको लाइसेन्स होइन ।
कारोनाको कहरले १२ लाख श्रमजीवीले रोजगारी गुमाएको बेला ३० अरब खर्च गर्ने गरी निर्वाचन घोषणा गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताउँदै नेता श्रेष्ठले भने, ‘अहिले संविधानको लिक भत्किएको छ । संसद पुनस्र्थापना नभए संवैधानिक सङ्कट पैदा हुने छ ।’ उनले थप स्पष्ट पादै भने, ‘संविधानअनुसार संसद विघटनको ६ महिनाभित्र निर्वाचन गर्नु पर्छ र निर्वाचन कानुनअनुसार त्यसका लागि १२० दिन चाहिन्छ । २०७८ वैशाखमा निर्वाचन गर्ने घोषणा गरे पनि अब त्यसका लागि १२० दिनको समय छैन भने असार ४ गते ६ महिना पुग्छ ।’ त्यस्तो अवस्थामा चुनाव सम्भव नभएकाले संवैधानिक रिक्तता पैदा हुने भन्दै उनले प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प नभएको बताए ।
जसपा नेता श्रेष्ठले नेपाली काङ्ग्रेसलाई इतिहासबाट शिक्षा लिएर संयुक्त जनआन्दोलनका लागि तयार हुन आह्वान गरे । निर्वाचन भए आफ्नो लागि सिंहदरवारको कुर्सी खाली हुन्छ भनेर सोच्नु गलत भएको बताउँदै उनले भने, ‘नेपाली काङ्ग्रेसका नेता शेरवहादुर देउवा आफैले संसद विघटन गरी घोषणा गरेका निर्वाचन गराउन नसक्दा राजाले सत्ता हातमा लिएको र जनआन्दोलनको माध्यमबाट संसद पुनस्र्थापना भएको इतिहासबाट शिक्षा लिनु पर्छ ।’ प्रतिगमनको जगमा हुने निर्वाचनले लोकतन्त्र बलियो हुँदैन भन्दै उनले भने, ‘कोदो बारीमा फापर फल्दैन ।’
विघटीत प्रतिनिधिसभाका सदस्य समेत रहेका श्रेष्ठले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्दै भने, ‘अदालतले कुनै सेटिङको आधारमा होइन, संविधानको आधारमा संसद पुनस्र्थापना गर्ने छ, नगरे संयुक्त जनआन्दोलनको आँधिबेहरी सुजना हुने छ र त्यसले विगतमा जस्तै संसद पुनस्र्थापना गर्ने छ । त्यसपछि ओलीलाई मरेको लाशलाई उपियाँले पनि छोडे जस्तै अहिले सत्ताको पछाडी दौडेकाहरूले पनि छोड्ने छ ।’
नेवाः राष्ट्रिय समितिका मुख्यसचिव परिवर्तन भट्टराईले सञ्चालन गरेको आजको विरोध सभामा पार्टी केन्द्रीय सदस्यहरू रत्नविक्रम स्याङ्बो, महिला सङ्घका अध्यक्ष निर्मला यादव, नेवाः राष्ट्रिय समितिका अध्यक्ष मनरत्न शाक्य लगायतले पनि सरकारको असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगामी कदमको विरोध गरी संसद पुनस्र्थापनाको माग गरेका थिए ।
जनप्रदर्शनमा राजन केसी, आङकाजी शेर्पा, पवित्र वज्राचार्य, खगेन्द्र माखिम, लिला सिटौला, पवित्र तिमिल्सिना, इश्वर रिजाल, दलमर्दन कामी, मञ्जु अन्सारी, लालध्वज नेम्बाङ, मोहन बराइली, पञ्चलाल महर्जन, राधाकृष्ण महर्जन, डि।बि।लिम्बू, भगवती सुवेदी, अर्जुन लम्साल, रीम बस्याल, रेणुका गुरुङ लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । जसपाले आइतबार सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





