लोकतन्त्रमाथि खतरा पुग्ने काम कहींबाट हुनुहुँदैन: प्रधानमन्त्री
काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पुग्ने काम कहिँ कतैबाट हुन नहुने बताउनुभएको छ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्रभित्रबाटै अस्थिरता खोज्ने प्रयास निस्तेज गर्नुपर्नेछ, मुलुक नयाँ निर्वाचन तर्फ अग्रसर भएको छ, सबै निकायले आआफ्नो भूमिका जिम्मेवारीपूर्वक वहन गर्नुपर्छ ।”
ताजा जनादेश लोकतान्त्रिक उच्चतम विधिभएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यसकालागि जुट्न सबैमा आव्हान गर्नुभयो । सुशासन र विकासका सपनाहरु साकार पार्ने बेलामा कुनै अलमल गर्नुपर्ने आवश्यक नरहेको बताउनुभयो । मतभेदलाई बढावा दिने कुनै पनि गतिविधि गर्नु बान्छनिय नभएको चर्चा गर्र्नुहुँदै प्रधानमन्त्री ओलीले बृहत्तर राष्ट्रिय हितका लागि अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
“यतिबेला विगतका हाम्रा बलिदान र कठिन दिनलाई सम्झेर आज विकासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने दिन आएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “सानातिना मतभेदलाई छाडेर बृहत्तर हितलाई ध्यान दिएर अगाडि बढ्न म सबैमा आग्रह गर्दछुँ ।” सरकारले तीन वर्ष पूरा गरेको र यसअवधिमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।
सरकारले विभिन्न क्षेत्रमा देखिनेगरी सफलता हासिल गरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्दै थप उपलब्धीकालागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । नेपाललाई एकजुट बनाएर सुन्दर भविष्य निर्माण गर्न साझा प्रयास गर्नु आवश्यक रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब हामी सबै विकासतर्फ उन्मुख हुनुपर्छ, जनताको आकांक्षा पूरा गर्ने दिशामा उन्मुख हुनुपर्छ ।”
राष्ट्रलाई एकताबद्ध गरेर अगाडि बढ्न आव्हान गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको अभिमत विपरित सरकार नजाने प्रतिवद्धता जनाउनुभयो । अर्को वर्षसम्म अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदार्पण गर्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास दिलाउनुभयो ।
ताजा
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





