कांग्रेसले आज देशभरि प्रदर्शन गर्दै, क कस्ले कहाँ सम्बोधन गर्दै

२०७७ फाल्गुन ३ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्मा ओली विरुद्ध नेपाली कांग्रेसले आज देशभरि विरोध प्रदर्शन गर्दैछ ।
कांग्रेसले फागुन ३ गते सोमबार देशभरि विरोध सभा र जुलुसहरू गर्न लागको छ । सभापति शेरबहादुर देउवाले रुपन्देहीको भैरहवामा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् । सोही सभामा कांग्रेस नेता बालकृष्ण खाँणले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङको विरोध सभालाई सम्बोधन गर्नेछन् । महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य दीपक गिरीले दाङको घोराहीमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।
सह–महामन्त्री डा।प्रकाशशरण महत र पूर्वसांसद राजिव शाहीले सिरहामा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरको जावलाखेलमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले ललितपुरको सभालाई सम्बोधन गर्नेछन ।
केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले धनगढीको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले रौतहटको गौरमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।
कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको विरोध सभालाई सम्बोधन गर्नेछन् । सोही कार्यक्रमलाई केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय सदस्यद्वय सरिता प्रसाइँ र गगन थापाले चितवनको भरतपुरमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले काठमाडौंको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
केन्द्रीय सदस्य प्रकाशमान सिंहले पोखरामा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भक्तपुरमा हुने विरोध सभालाई केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले सम्बोधन गर्नेछन् ।
केन्द्रीय सदस्य शंकर भण्डारीले ताप्लेजुङको विरोध सभालाई सम्बोधन गर्नेछन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
केन्द्रीय सदस्य एनपी साउदले दार्चुलाको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । डा.मीनेन्द्र रिजालले प्यूठानमा सम्बोधन गर्नेछन् । नेता डा।रामशरण महतले काभ्रेमा हुन गइरहेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बैतडीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । केन्द्रीय सदस्य कल्याण गुरुङले रोल्पाको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले बझाङमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

179 Views

ताजा

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

रसुवा बाढीः तीन प्रहरीसहित १५ जना बेपत्ता

२०८२ असार २४ गते, मंगलवार

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

२०८२ असार २२ गते, आईतवार

विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद

२०८२ असार २२ गते, आईतवार

नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०८२ असार २२ गते, आईतवार

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

२०८२ असार २२ गते, आईतवार

अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ

२०८२ असार २२ गते, आईतवार

अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

२०८२ असार २२ गते, आईतवार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal