कांग्रेसले आज देशभरि प्रदर्शन गर्दै, क कस्ले कहाँ सम्बोधन गर्दै

२०७७ फाल्गुन ३ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्मा ओली विरुद्ध नेपाली कांग्रेसले आज देशभरि विरोध प्रदर्शन गर्दैछ ।
कांग्रेसले फागुन ३ गते सोमबार देशभरि विरोध सभा र जुलुसहरू गर्न लागको छ । सभापति शेरबहादुर देउवाले रुपन्देहीको भैरहवामा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् । सोही सभामा कांग्रेस नेता बालकृष्ण खाँणले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङको विरोध सभालाई सम्बोधन गर्नेछन् । महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य दीपक गिरीले दाङको घोराहीमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।
सह–महामन्त्री डा।प्रकाशशरण महत र पूर्वसांसद राजिव शाहीले सिरहामा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरको जावलाखेलमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले ललितपुरको सभालाई सम्बोधन गर्नेछन ।
केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले धनगढीको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले रौतहटको गौरमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।
कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको विरोध सभालाई सम्बोधन गर्नेछन् । सोही कार्यक्रमलाई केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
केन्द्रीय सदस्यद्वय सरिता प्रसाइँ र गगन थापाले चितवनको भरतपुरमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् । केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले काठमाडौंको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
केन्द्रीय सदस्य प्रकाशमान सिंहले पोखरामा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भक्तपुरमा हुने विरोध सभालाई केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी र नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले सम्बोधन गर्नेछन् ।
केन्द्रीय सदस्य शंकर भण्डारीले ताप्लेजुङको विरोध सभालाई सम्बोधन गर्नेछन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाको विरोध सभालाई सम्बोधन गर्नेछन् ।
केन्द्रीय सदस्य एनपी साउदले दार्चुलाको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । डा.मीनेन्द्र रिजालले प्यूठानमा सम्बोधन गर्नेछन् । नेता डा।रामशरण महतले काभ्रेमा हुन गइरहेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बैतडीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । केन्द्रीय सदस्य कल्याण गुरुङले रोल्पाको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले बझाङमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal