काठमाडौँ उपत्यकामा पानी पिउन ‘वाटर एटिएम’

२०७७ माघ ३० गते, शुक्रबार

काठमाडौँ । उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन्। शहरी क्षेत्रमा ती संरचना पाउन पनि मुस्किल नै हुन्छ। ग्रामीण क्षेत्रमा भए त सहजै पाइन्थ्यो।
काठमाडौँ उपत्यकामा कि त पसलमा गएर बोत्तलको पानी खरीद गर्नुपर्छ। त्यसो नभए चुपचाप बस्नुपर्छ। यसअघि राजधानीमा नागरिकले सहजरुपमा पानी पिउन पाउने अवस्था थिएन। पसलमा खरीद गरिने पानी पनि मूल्यका आधारमा असाध्यै महङ्गो हुने गरेको छ।
प्यास लाग्दा पानी पनि नपाउने अवस्थालाई मध्यनजर गरेर सरकारले काठमाडौँ महानगरभित्र पहिलो चरणमा स्वचालित प्रणालीबाट पानी पिउन पाउने प्रणालीको विकास गरेको छ। सरकारले त्यसलाई वाटर एटिएमको नाम दिएको छ।
एटिएम भन्नेबित्तिकै पैसा निकाल्ने मेशिनको चित्र हामी सबैको दिमागमा आउँछ। किनकी नेपालीले देखेको पनि र प्रयोग गरेको पनि त्यही हो। सरकारले काठमाडौँमा सहजरुपमा पिउने पानीका लागि वाटर एटिएम राखेर नागरिकलाई सहजरुपमा सेवा दिने प्रणालीको विकास गरेको छ। यसले आमरुपमा नागरिकलाई राहत दिनेछ। वाटर एटिएमबाट पानी पिउनका लागि निश्चित पैसा भने तिर्नुपर्नेछ।
खानेपानी मन्त्रालय, काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले आजदेखि काठमाडौँमा वाटर एटिएम सञ्चालनमा ल्याएको हो।
बिहीबार एक कार्यक्रमकाबीच खानेपानीमन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरे। सरकारको योजनाअनुसार पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान् पाउमा वाटर एटिएम सञ्चालन गरिएको छ।
वाटर एटिएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध हुने सरकारको भनाइ छ। वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले २०० मिलिमिटरका लागि रु दुई तिर्नुपर्नेछ। यस्तै एक लिटरका लागि र रु पाँच तिर्नुपर्छ।
वाटर एटिएम आगामी तीन महिनासम्म सामान आपूर्तिकर्ताले नै सञ्चालन गर्नेछ। यस्तै तीन महिनापछि भने बोर्डलाई हस्तान्तरण गर्नेछ। उक्त एटिएमबाट जाडोको समयमा तातो र गर्मी समयमा चिसो पानी उपलब्ध गराउनेछ। त्यसका लागि आवश्यक प्रणालीसमेत जडान गरिएको छ।
वाटर एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ। काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार आगामी तीन साताभित्र राजधानी काठमाडौंका विभिन्न १५ स्थानमा त्यस्ता एटिएम जडान गरिनेछ। राणाका अनुसार एटिएमबाट कसरी पानी निकाल्ने भन्नेबारेमा बुझिने भाषामा जानकारीसमेत राखिएको छ।
काठमाडौँमा पिउने पानीको समस्या विकराल भएको र सार्वजनिक स्थानमा त पाउन नै मुस्किल भएको सन्दर्भमा राखिने वाटर एटिएमले आम नागरिकलाई सहजरुपमा स्वच्छ पानी पिउने वातावरण बनाएको छ।
विवरणअनुसार आगामी एक साताभित्र कलङ्की, मालपोत, बानेश्वर, बङ्गलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शङ्खपार्क धूम्रबाराहीमा पनि वाटर एटिएम सञ्चालन गर्ने तयारी गरिएको छ। यस्तै काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा पनि त्यस्तै संरचना जडान गरी सञ्चालनमा ल्याइने खानेपानी मन्त्रालयको भनाइ छ।
खानेपानीमन्त्री थापाले नागरिकलाई सहजरुपमा पिउने पानीको प्रबन्ध गर्ने ध्येयका साथ वाटर एटिएम सञ्चालनमा ल्याइएको बताए। मन्त्रालयका अनुसार वाटर एटिएमको लागत रु २ करोड रहेको छ। वाटर एटिएमको सुरक्षा र सञ्चालनमा सहजताका लागि आम नागरिक नै सचेत हुनुपर्नेछ। (रासस)

136 Views

ताजा

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

२०८१ श्रावण ४ गते, शुक्रबार

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

२०८१ श्रावण ४ गते, शुक्रबार

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

२०८१ श्रावण ४ गते, शुक्रबार

सर्वाधिक चर्चामा “हरहर महादेव” (भिडियो सहित)

२०८१ श्रावण २ गते, बुधबार

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ? : ज्ञानेन्द्र शाही

२०८१ असार २८ गते, शुक्रबार

गृहमन्त्री लामिछानेको आक्षेप, फाइल खोलेको २४ घण्टामा सरकार ढालियो

२०८१ असार २८ गते, शुक्रबार

कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ

२०८१ असार २८ गते, शुक्रबार

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

२०८१ असार २८ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal