संसद् पुनःस्थापना नभए आँधी हुरी आउँछः पुष्पकमल दाहाल

२०७७ माघ २८ गते, बुधबार

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापना नभए नेपालमा ठूलो आँधी हुरी आउने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई आज बुधबार सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा उत्रिए के हुन्छ ? यो संविधान निर्माण गर्दा २००४ सालमा राणाहरुले बनाएको संविधानदेखि तमाम् संविधान अध्ययन गरेर कस्तो संविधान बनाउँदा जनताको हित हुन्छ भनेर बनाइएको छ,’ दाहालले भने, ‘आजको उपस्थितिले अदालतलाई फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ, हुरी आउँछ कसैले थाम्‍न सक्दैन ।’
उनले अदालत, निर्वाचन आयोग सबैले केपी ओलीको विपक्षमा फैसला गर्ने विश्वास आफूलाई रहेको पनि बताए । ‘संवैधानिक निकायहरुले केपी ओलीजस्तो निरंकुश व्यक्तिको डरको भरमा फैसला गर्छन भनेर म पत्याउँ त ? जनताले पत्याउँछन् ?’ उनले भने, ‘केपीतिर लागेकाहरु फर्कन लामो लाइन छ । अरु त अरु उहाँसँग रहेका २ जना मन्त्री पनि फर्कन म सँग वार्ता गर्दैछन् ।’
उनले ओलीलाई पदबाट राजीनामा दिएर पश्चताप गर्न पनि सुझाब दिए ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal