संसद् पुनःस्थापना नभए आँधी हुरी आउँछः पुष्पकमल दाहाल

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापना नभए नेपालमा ठूलो आँधी हुरी आउने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको विरोध सभालाई आज बुधबार सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा उत्रिए के हुन्छ ? यो संविधान निर्माण गर्दा २००४ सालमा राणाहरुले बनाएको संविधानदेखि तमाम् संविधान अध्ययन गरेर कस्तो संविधान बनाउँदा जनताको हित हुन्छ भनेर बनाइएको छ,’ दाहालले भने, ‘आजको उपस्थितिले अदालतलाई फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ, हुरी आउँछ कसैले थाम्न सक्दैन ।’
उनले अदालत, निर्वाचन आयोग सबैले केपी ओलीको विपक्षमा फैसला गर्ने विश्वास आफूलाई रहेको पनि बताए । ‘संवैधानिक निकायहरुले केपी ओलीजस्तो निरंकुश व्यक्तिको डरको भरमा फैसला गर्छन भनेर म पत्याउँ त ? जनताले पत्याउँछन् ?’ उनले भने, ‘केपीतिर लागेकाहरु फर्कन लामो लाइन छ । अरु त अरु उहाँसँग रहेका २ जना मन्त्री पनि फर्कन म सँग वार्ता गर्दैछन् ।’
उनले ओलीलाई पदबाट राजीनामा दिएर पश्चताप गर्न पनि सुझाब दिए ।
ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार