प्रतिनिधि सभा पुनःस्थापना भए अहिलेको समस्या समाधान हुन्छः उपसभापति निधि
पर्सा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताएका छन् । उनले सरकारको असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे ।
कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका(२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधि सभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गरे ।
प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्यमबाट प्राप्त भएको प्रतिनिधिसभाले मात्र राजनीतिक संकटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बटो संवैधानिक, लोकतान्त्रिक र राजनीतिक सम्मत रहेको प्रष्ट पारे । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पीडित भए पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाए ।
कार्यक्रममा सहभागी कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरी सरकारले जनताले दिएको मतको अपमान गरेको बताए । उनले बहुमत प्राप्त भएको सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने संविधानमा कुनै व्यवस्था नभए पनि वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गरी आमनेपाली जनताले दुई तिहाइ नजिक दिएको मतको अपमान गरेको धारणा व्यक्त गरे । रासस
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





