श्रोत र साधनलाई सहीरुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो– वरिष्ठ उपाध्यक्ष ढकाल

दाङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताउनुभएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र सम्मृद्धिको यात्रामा पछाडि परेको बताउनुभएको छ ।
“हामीसँग प्रसस्त मात्रामा प्राकृतिक श्रोत र साधनहरु छन् । यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनौ । यी उपलब्ध श्रोत तथा साधनको सहीरुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र सम्मृद्धि असम्भव छैन । यसकालागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरु पुरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने बताउनुभयो ।
“हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाईहरु स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ । तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पुरा गनेर्छौं । तपाईहरुलाई भोगेका समस्याहरुको समाधानकालागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौंँ,” उहाँले भन्नुभयो ।
नीजि क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उहाँले निजी क्षेत्र व्यवसायिकमात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने छ ।
तर, यस नगरपालिकामा मैले त्यो नितान्त भिन्न पाएको छु । निजी क्षेत्रलाई सरकारको विकासको साझेदारको रुपमा हेर्ने उहाँको यस दृष्टिकोणले हामीलाई हौसला मिलेको छ । साच्चिकै उत्साहित बनाएको छ, उहाँले भन्नुभयो ।
यसरी निजी क्षेत्रलाई विकासको साझेदारको रुपमा हेर्ने हो भने हामीले धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रुपमा काम गर्न सकिन्छ । सबै स्थानीय तह, प्रदेश तथा केन्द्रको यस प्रकारको व्यवहार हामी निजी क्षेत्रले अपेक्षा गरेका छौं । यसले मात्र हामीलाई विकास र सम्मृद्धिको बाटोमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्ने आफूले विश्वास लिएको बताउनुभयो ।
उहाँले तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा अधिवेशनसहितको साधारणसभा भएको हुनाले यस साधारणसभाले सक्षम नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गर्नुभयो । साथै उहाँले नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न ५४औँ वार्षिक साधारणसभामा आफूलाई विजयी गराउन भूमिका खेल्नुहुने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
ताजा

झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवार
अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर
२०८२ बैशाख १४ गते, आईतवार
गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति
२०८२ बैशाख १४ गते, आईतवार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबार
‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक
२०८२ बैशाख १२ गते, शुक्रबार
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम
२०८२ बैशाख १२ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार