१०५ जनामा कोरोना पुष्टि, दुईको मृत्यु
२०७७ माघ २३ गते, शुक्रबार
काठमाडौँ,। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय ५ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ७२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार १ सय ८ जना रहेको छ ।२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
150 Views