तेस्रो सोसल युथ लिडर अवार्ड–२०२१ को तयारी पूरा, भोलिदेखि आवदेन खुल्ला (भिडिओ)
काठमाडौं । युथ लिड ईभेन्ट प्रालीले सोसल युथ लिडर अवार्ड (एस.वाई.एल.ए)–२०२१ तेस्रो वर्ष आयोजना गर्ने भएको छ । त्यसको तयारी सम्पूर्ण रुपमा पूरा भएको र उक्त कार्यक्रममा १६ वर्षदेखि २२ वर्षका विद्यार्थी तथा युवा पुस्ताले सहभागिता जनाउन पाईने आयोजकले जनाएको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै श्रवणकुमार घिमिरले यस्तो जानकारी दिएका हुन् । घिमिरले उक्त कार्यक्रमको आयोजना गर्नुको मूल उद्देश्य भनेको युवा तथा विद्यार्थी शसक्तिकरण, प्रतिभा प्रस्तुति र आधारभूत कौशल विकासको लागि भएको सुनाए । त्यस्तै, समाजमा स्थापित विषयवस्तुहरु केही युवा तथा विद्यार्थी माँझमा पुर्याई सामाजिक जिम्मेवारीवोध गराउनु कार्यक्रमको पहिलो उद्देश्य भएको पनि उनले स्पष्ट पारे ।
उनको नाममा जारी विज्ञप्तीमा भनिएको छ–‘सोसल युथ लिडर अवार्ड पश्चिम नेपालबाट २०१९ मा सुरुवात भएको हो । नेपालगञ्ज, खजुरा हुँदै कोहलपुरमा २०१९ र २०२० मा सुर्खेतमा एसवाईएलए २०२० सम्पन्न भएको हो । करिब २०० सहभागी सँगको अनुभव र अहिलेको आवश्यकत्तलाई बुझेर एसवाईएलए २०२१ तेस्रो वर्ष युथ लिड ईभेन्ट प्रालीद्धारा आयोजना हुँदैछ । यो सिलसिलासँगै विभिन्न जिल्लामा हुने प्रक्रिया पनि जारी रहेको छ । युथ लिड इभेन्ट विगत ७ वर्षदेखि ईभेन्ट तथा अन्य सामाजिक क्षेत्रमा लाग्ने युवाहरुको समूहले सञ्चालन गर्दै आईरहेको छ । यस कम्पनीको मूल उद्देश्य समाज र व्यक्तित्व विकाससँग सम्बन्धि कार्यक्रमहरु प्रस्तुत गर्नु हो । र एसवाईएलए २०२१ काठमाडौं एक तालिम तथा अवार्ड हो । जहाँ १६ देखि २२ वर्षकाविद्यार्थी तथा युवाले सहभागिता जनाउन पाउनछेन् ।’
विज्ञप्तीमा थप भनिएको छ–‘युवा तथा विद्यार्थी शसक्तिकरण, प्रतिभा प्रस्तुति र आधारभूत कौशल विकासको लागि यो कार्यक्रम आयोजना गरिँदैछ । समाजमा स्थापित विषय वस्तुहरु केही युवा तथा विद्यार्थी माझमा पुर्ुयाई सामाजिक जिम्मेवारीवोध गराउनु कार्यक्रमको पहिलो उद्देश्य हो । सहभागीहरुलाई आउने दिनमा अघि बढ्न सहकजकर्ताको भूमिका निभाउन हामीले सधँै प्रयत्न गर्दै आईरहेका छौं । विगत ७ वर्षदेखि सामाजिक तथा सशक्तिकरणको विषयमा काम गर्दैगर्दा आजको आवश्यकत्ततानुसार कार्यक्रम हामीले परिचय गराउँदैछौं ।’
सोसल युथ लिडर अवार्ड–२०२१ मा काठमाडौं उपत्यकामा रहेका विद्यार्थी तथा युवालाई लक्षित गरिएको पनि आयोजकले जनाएको छ । सहभागिताहरुलाई विभिन्न आकर्षणहरू दिलाउन र सहभागीहरुको भविष्यको लागि सहजकर्ता संस्थाहरुसँग आवद्ध भएको पनि घिमिरले जानकारी दिए ।
उनकाअनुसार त्यसको लागि भोलि माघ १८ गते (आईतबार) देखि सहभागी आवेदन दर्ता खुलाईनेछ । आवदेन भर्नको लागि २५० रुपैयाँ र तालिम शुल्क तीन हजार लाग्नेछ । कार्यक्रममा २५ जना सहभागिता गरिनेछ । विभिन्न विषयलाई मध्येनजर गरेर तालिमपश्चात् विजेताहरु घोषणा गरिनेछ । र, विजेताहरको लागि विभिन्न आकर्षण र पुरस्कार रहेको छ । थप जानकारीको लागि ः ९८०१०७८५७८
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





