भीम रावलले चुनाव जिते राजनीतिबाटै सन्यास लिन्छुः बनमन्त्री आले
२०७७ माघ १७ गते, शनिबार
काठमाडौंँ । नेकपा ओली पक्षका नेता एवं वनमन्त्री प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् । काठमाडौंमा सुदुरपश्चिम स्तरिय भेलालाई सम्बोधन गर्दै शनिबार उनले यस्तो घोषणा गरेका हुन् ।
आलेले रावलसँग चुनाव लड्ने कुनै एजेण्डा नै नभएको बताए । सुदूरपश्चिमबाट चुनाव लडे हार्ने भएकाले रावल समानुपातीकमा उठ्ने तर्क उनको छ । मन्त्री आलले प्रधानमन्त्रीलाई काम गर्न नदिएकै कारण प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णय गरिएकोसमेत बताए ।
163 Views