अस्थिरताका नायक दहाल र नेपाल हुन् : गृहमन्त्री थापा

२०७७ माघ १७ गते, शनिबार

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नै पार्टी फुटाउने र आफ्नै सरकार ढालेर देशलाई अस्थिरतामा धकेल्न खोज्ने नायक पुष्पकलम दाहाल र माधवकुमार नेपाल भएको बताउनुभएको छ ।
देशलाई अस्थिरताको भुमरीमा होम्न प्रचण्ड–नेपालहरू सक्रिय रहेको भन्दै उहाँले तीन तीन पटक प्रधानमन्त्री भएर अवशर पाउँदा प्रचण्ड र बाबुरामले युद्धका घाइते, सहिद परिवार र योद्धाका लागि केही गर्न नसकेको बताउनुभयो । उहाँले बरु आफ्नो सरकारले घाइतेहरूको निःशुल्क उपचार र बेपत्ता परिवाहरुको लागि परिचयपत्र सहित छुट्टै व्यवस्था गरिरहेको बताउनुभयो ।
गृहमन्त्री थापाले सिंगो देश निर्वाचनमा होमिसकेको बताउनुभयो । प्रधानमन्त्री हुन अवशर खोजेर बसेकाहरूले निर्वाचनमा भाग लिनुपर्ने बताउँदै थापाले पार्टीबाट फुटेर जानेहरूले सर्वनाक हार्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अवशरवादीहरुलाई पनि म आमन्त्रित गर्न चाहन्छु,निर्वाचनमा सहभागी हुनुहोस्, प्रधानमन्त्री हुने अवशर निर्वाचन हो । ’

337 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal