केपी ओलीलाई कारबाही गर्ने तागत हामीसँग छः प्रचण्ड

२०७७ माघ १७ गते, शनिबार

धनगढी । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् ।
सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने आफूहरुसँग संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको प्रचण्डले बताए ।
शनिबार कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले संसद् बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत आफूहरुसँग रहेको बताएका हुन् । आफूपक्षीयसहित काँग्रेस र जसपाका गरीदुई तिहाइ सांसद ओलीको प्रतिगमनको विपक्षमा रहेको भन्दै प्रचण्डले ओलीको सनकको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने बताए ।
ओलीको कदमविरुद्ध सभामुखले बैठक बोलाउने र ओलीले राष्ट्रघात गरेको ठहर गर्दै प्रधानमन्त्रीबाट हटाउँदै उनलाई कारबाही गर्ने अधिकार संसदले राख्ने उनको भनाइ थियो ।
प्रचण्डले सर्वोच्च अदालतले मुद्दाको सही फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
ओलीले संविधानमाथि कुल्चिनु भनेको जनताको सार्वभौम अधिकारमाथि कुल्चिनु पनि हो भन्दै प्रचण्डले उनी तानाशाहको उदाहरण भएको टिप्पणी गरे ।

272 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal