कञ्चनपुरको गड्डाचौकीमा रहेको हेल्थ डेस्क व्यवस्थित बनाइयो

२०७७ माघ १७ गते, शनिबार

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कलाई व्यवस्थित गरिएको छ। भीमदत्त नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएम० र स्वास्थ्य सेवा विभाग इपिमिडिलोजी तथा रोग नियन्त्रण महाशाखाको साझेदारीमा डेस्कलाई व्यवस्थित बनाएको हो।
कोराना महामारी फैलिएपछि गत वर्ष फागुनदेखि गड्डाचौकीस्थित राजमार्ग छेउमा सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई स्थायी रुपमा सञ्चालनमा ल्याउने गरी दुई शै्यया र उपकरण थप गरिएका छन्। स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको सङ्ख्या बढाइएको छ।
कोरोना महामारीलाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई आगामी दिनमा पनि महामारीजन्य रोग भित्रिन नदिन स्वास्थ्य जाँच केन्द्र बनाउने गरी व्यवस्थित गरिएको बताइएको छ। इपिमिडिलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले कोरोना महामारीका लागि सञ्चालनमा ल्याइएका हेल्थ डेस्कलाई आगामी दिनमा अन्य महामारी भित्रिन नदिने गरी सृदृढीकरण गर्न लागिएको बताए।
सुदूरपश्चिम प्रदेशमा गड्डाचौकी र गौरीफन्टा नाकामा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा हेल्थ डेस्कलाई सृदृढीकरण गरिएको उनले जानकारी दिए। देशभरका १३ स्थानका हेल्थ डेस्कलाई व्यवस्थित गर्ने योजना रहेको बताइएको छ। हेल्थ डेस्कमा अस्थायी दरबन्दी सिर्जना गरी मेडिकल अफिसरलगायत जनशक्ति पूर्ति गर्न पनि बजेट विनियोजन गरिएको जनस्वास्थय अधिकृत नेपालीले बताए।
कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले जनशक्ति थप गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो। एक वर्षमा एक लाख ५० हजार व्यक्तिको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएको छ। नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन गड्डाचौकीसहित झोलुङ्ग पुल र ब्रह्मदेवमा पनि अस्थायी रुपमा डेस्क सञ्चालनमा ल्याएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए।रासस

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal