कोरोना विरुद्धको खोप आजदेखि निःशुल्क बितरण

काठमाडौं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप आजदेखि बितरण गरिने भएको छ । नेपालमा पहिलो कोरोना संक्रमितको उपचार गरिएको टेकु अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी र अस्पतालमा संक्रमितको उपचारमा खटिने डा.अनुप बाँस्तोलाले पहिलो खोप लगाउने भएका छन्।
सातै प्रदेशका ६२ वटा अस्पतालमा खोप लगाइने सूचीमा परेका स्वास्थ्यकर्मीले पहिलो चरणमा खोप लगाउने भएका हुन् ।
काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा। झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् ।
काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहनेछन् ।
यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहनेछन् । उहाँले खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको बताउनुभयो ।
खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ ।
यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।
भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने बताएको छ ।
ताजा

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने
२०८१ माघ २६ गते, शनिबार
कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू
२०८१ माघ २६ गते, शनिबार
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
२०८१ माघ २६ गते, शनिबार
गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
२०८१ माघ २६ गते, शनिबार
आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व
२०८१ माघ २६ गते, शनिबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार