गोर्खा इको प्यानलले थाल्यो पिनिङ कार्यक्रम सुरु

२०७७ माघ १२ गते, सोमबार

काठमाडौं । आधुनिक निर्माण सामाग्री उत्पादन कम्पनीको रुपमा रहेको गोर्खा इको प्यानलले आफनो आधिकारिक विक्रेता (डिलर) हरुको विस्तारसँंगै डिलरहरुलाई पिनिङ कार्यक्रम अन्तर्गत व्याच वितरण सुरु गरेको छ । व्यवस्थापनमा आएको नयाँं फेरवदलसँंगै गोर्खा इको प्यानलले आफनो डिलरको विस्तारका साथै डिलरहरुलाई आधिकारिक विक्रेताको रुपमा सर्टिफाइ गर्न पिनिङ कार्यक्रम अन्तर्गत व्याच वितरण थालेको कम्पनीले जनाएको छ । यसका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां तथा महाप्रबन्ध इन्जिनियर जीवन खाईतु नै देशभरका ठाउँंठाउँंका डिलरहरुमा पुगेका थिए । त्यस अवसरमा उनीहरुले कम्पनीमा आएको नयाँं फेरवदलबारे जानकारी दिंदै नयाँं व्यवस्थापनसँंगै नयाँं जोश र जाँंगरका साथ अवका दिनमा तीव्र अघि वढ्न निर्देशन दिएका थिए ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलर भइसकेको कम्पनीले व्यवस्थापनमा आएको परिवर्तनसँंगै नयाँं जोश, जागर, नयाँं ढंग र ढाचाबाट डिलर विस्तार सुरु गर्नुका साथै पिनिङ कार्यक्रम सुरु गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कवांले जनाए । कम्पनीका आधिकारिक विक्रेता डिलरहरुलाई आफनो आधिकारिकताका लागि पिनिङ कार्यक्रम अन्तर्गत व्याच वितरण सुरु गरेको कम्पनीले जनाएको छ ।
कर्पाेरेट अफिम भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिक रहेको गोर्खा इको प्यानलको डिलरहरु पश्चिममा डडेलधुरा, धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, वालिङ, पोखरा पूर्वमा इटहरी, विराटनगर, झापा, इलामसम्म रहेका छन् । गोर्खा इको प्यानल भित्री तथा वाहिरी वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री उत्पादन कम्पनी हो । भूकम्पप्रतिरोधी तथा हलुका हुनुलगायतका कारण यसको उत्पादन इको प्यानलको लोकप्रियता देशैभरि वढ्दो रहेको छ ।

335 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal