कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलनको बातावरण बन्दैः कुटनितिक बिज्ञहरु

२०७७ माघ १२ गते, सोमबार

काठमाण्डौ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बन्दै गएको कुटनितिक बिज्ञहरुले बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजित कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौति र अवसरहरु बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले दुबै कोरियाका नागरिकहरुले समान संस्कार र संस्कृति अंगालेका बताउनु भएको छ । बहाँले दुबै देशले युद्धको सामना गरेको बताउँदै कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनमिलन भए बिश्वमा सकारात्मक सन्देश जाने बताए । बहाँले यस्तो प्रकारको कार्यक्रम मार्फत दुबै देशलाई शान्तिपूर्ण एकिकरण गर्न सहजता प्रदान गरेकोमा युपीएलाई धन्यबाद दिए ।
नेपालका लागि प्रान्सका लागि पूर्व नेपाली राजदुत मोहन कृष्ण श्रेष्ठले कोरियाली प्रायदिपको मिलनको लाथि २०१८मा भएको ओलम्पीक खेलले महत्पूर्ण भूमिका निर्बाह गरेको बताउँदै अहिले दुबै देशले एकिकरणको अभियान शुरु गरेको बताए । दुबै देशका राष्ट्रप्रमुखहरुले २०१८ भेटेर सम्बादहिनताको बाटोलाई तोडेको उनको भनाई थियो । उनले दुबै देशले एक अर्कालाई बिश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अमेरिकाका लागि पूर्व राजदुत डा। शंकर शर्माले पहिले दुबै देशलाई द्धन्द्धले टुक्राएको बताउँदै शान्तिपूर्ण पूनमिलन बाहेक अर्को बिकल्प नभएको बताए । दुबै देशको प्रतिब्यत्ति आएमा ठूलो अन्तर रहेको बताउँदै दुबैमिले आर्थिक उन्नतीमा बिश्वको दोस्रो राष्ट्र हुने सम्भावना आफूले देखेको बताए ।
कार्यक्रममा स्टडी फोरम फर सेल्फ रिलायन्स नेपालका अध्यक्ष सुभाष काजी श्रेष्ठले पछिल्लो समय दुबै कोरियाबीच सामाजिक सांस्कृतिक सम्बन्धहरुको बिकास भएको बताउँदै दुबै देशका राष्ट्रप्रमुखले २०१८मा भेटेर एकिकरण हुन सक्ने आशा पलाएको बताए । अमेरिकी तत्कालीन राष्ट्रपति ट्रम्प र उतरकोरियाली सर्बोच्च नेता किमको भेटले पनि शान्ति प्रतिको राम्रो सन्देश गएको बताए । उनले कोरिया एकिकरणको अभियान बिस्तारै सम्भव हुने बताए ।
युनिर्भसल पीस फेडेरेसन नेपालका अध्यक्ष एवम पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए । अध्यक्ष ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए ।

कार्यक्रम संञ्चालक युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले कोरियाली पूर्नमिलन प्रकृयामा युपिएफ र फादर मुनले खेलको भूमिकाको बारेमा प्रस्तुति दिनु भएको थियो । सो अवसरमा पूर्व सांसद गिता राणा बिश्व हिन्दु महासंघका महासचिव केशव प्रसाद चौलागाई , पत्रकार दिपक आचार्य लगायतले बोलको थिए ।

306 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal