प्रधानमन्त्री ओलीको सोचमा नै निरकुंशता छः उपेन्द्र यादव

२०७७ माघ ७ गते, बुधबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा(का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचमा नै निरकुंशता भएको बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था डोनाल्ड ट्रम्पकै जस्तो हुने चेतावनी समेत दिए । जसरी राष्ट्रपतिको कार्यकाल पूरा गरेर जाँदाजाँदै ट्रम्पमाथि महाभियोग लाग्यो, ओलीमाथि पनि त्यस्तै हुने धारणा राख्दै उनले ओलीलाई अहंकार त्याग्न आग्रह गरे ।
प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले बुधवार सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने ‘प्रधानमन्त्री ओलीको सोचमा नै निरकुंशता छ, उहाँलाई लाग्छ कि म जे भन्छु त्यही हुन्छ । तर उहाँको यो सोच गलत हो, कस्ता कस्ता राजा महाराजा समाप्त भइसके ओली को हुन् र ?’
प्रधानमन्त्री ओलीले जनताको जीवनसँग खेलवाड गरिरहेको उल्लेख गर्दै उनले भने, ‘ओलीलाई घिसारेर सत्ताबाट बाहिर निकाल्नुपर्छ ।’ ओलीका कारण देशको अर्थतन्त्र तहस नहस भएको बताउँदै उनले ओली शासनमा रहेसम्म देशको विकास नहुने धारणा राखे ।
काँग्रेसले समेत अहिले ढुलमुल चरित्र देखिएको बताउँदै उनले लोकतन्त्रको रक्षा काँग्रेसबाट हुन नसक्ने दावी गरे ।

291 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal