सहकारी बैंकको कर्जा अब ७.५ प्रतिशत, प्रशासनिक शुल्क घट्यो

२०७७ पुष ९ गते, बिहीबार

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज घटाएर न्यूनतम ७ दशमलव ५ प्रशित कायम गरेको छ ।
गत भदौमा सिंगल डिजिटको कर्जा बनाएको बैंकले पुस १० गतेदेखि लागु हुने गरी नयाँ ४ वटा कर्जाका प्रकार तयार गरी त्यसको ब्याजन्यूनमत ७ दशमलव ५ प्रतिशत कायम गरेको हो । कर्जाका नयाँ प्रकार सवल सहकारी कर्जा, गरिवी निवारण कर्जा, अल्पकालिन व्यवसायिक कर्जा र व्यवसायिक किस्ताबन्दी कर्जा कायम गरी ७ दशमलवव ५ देखि देखि ९ दशमलव ५ सम्म कायम गरिएको छ ।
बैंकको बुधवार सम्पन्न सञ्चालक समितिको वैठकले कर्जाको ब्याजदर कम गर्नुका साथै ब्यवस्थापन शुल्कमा समेत परिमार्जन गरेको छ । चालुपूँजि कर्जामा ० दशमलव ७५ र अन्य कर्जामा ० दशमलव ५ प्रतिशत लिदै आएको बैंकले सबै कर्जामा ब्यवस्थापन शुल्क ० दशमलव ५ कायम गरेको छ । बैंकले कर्जाको ब्याजदर घटाए पनि बचतको ब्याजदर भने घटाएको छैन ।


सहकारी क्षेत्रको कुनै पनि संघ संस्थाले ब्याजको कारण कर्जाको लागि अन्य निकायमा जानु पर्ने अवस्था हटाउने र संरक्षित पूँजिफिर्ता कोषको फाइदा र महत्व अनूभूति समेत गराउन बैंक प्रयासरत रहेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।
वित्तीय सेवाका साथै सहकारी संस्थाहरुलाई आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा सहकारी बैक मार्फत प्रदान गर्न पूर्वाधार तयारी, कार्यविधि निर्माण र प्रयोगात्मक परिक्षण भई रहेकोले सम्पूर्ण सहकारीहरुलाई कुनै पनि समस्या परेमा नजिकको शाखामा सम्पर्क राख्न सकिने समेत अध्यक्ष उप्रेतीले बताउनुभयो ।
बैंकले गत आर्थिक वर्षको कारोबारबाट सदस्य संस्थाहरुलाई १५ प्रतिशत मुनाफा वितरण गरेको र कारोबारका आधारमा संरक्षित पूँजिफिर्ताकोषबाट सदस्य संस्थाहरुलाई १२ करोड ७० लाख भन्दा बढी रकम भुक्तान गर्ने तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

347 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal