‘कम्युनिस्टको पछि नलागौं’
काठमाडौं । नेपाली कांग्रेसका नेताले कम्युनिस्ट र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक फेरि अस्थिरतातर्फ धकेलिएको बताएका छन्। मंगलबार बसेको पार्टी बैठकमा सहभागीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै लोकतान्त्रिक विधि, प्रक्रिया र संस्थाको रक्षासहित निर्वाचनको तयारीमा जुट्नुपर्ने धारणा राखेका हुन्।
कम्युनिस्टबाट मुलुकले मात्र नभएर कांग्रेसले पनि पटकपटक धोका पाएको धारणा राख्दै नेताहरूले उनीहरूको पछि लागेर कुद्नुभन्दा सर्वोच्च अदालतको निर्णयलाई कुर्नुपर्ने धारणा राखेका छन्। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अब अदालतको विषय भएको भन्दै कांग्रेस नेताहरूले न्यायपालिकालाई प्रभावित गर्ने कुनै पनि निर्णय पार्टीले लिन नहुने बताएका छन्।
संविधानको मर्मविपरीत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको धारणा राख्दै नेता रामचन्द्र पौडेलले त्यसका विरुद्ध दह्रोसँग पार्टी उभिनुपर्ने बताए। कांग्रेस एक्लै वा अन्य दलसँग मिलेर प्रतिरोध गर्नुपर्ने धारणा राख्दै पौडेलले बैठकमा भने, ‘प्रतिनिधिसभा विघटन गर्ने परिकल्पना संविधानले गरेको छैन। यो असंवैधानिक र अलोकतान्त्रिक कदमको सशक्त ढंगले विरोध गर्नुपर्छ।’
प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा भए पनि अहिले चुनाव हुनै नसक्ने जिकिर गर्दै पौडेलले संविधानसभाबाट जारी संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्नेगरी प्रधानमन्त्री ओलीले अहिलेको कदम चालेको दाबी गरे।
अहिले सत्ता, शक्तिभन्दा सिस्टमका लागि लड्ने बेला आएको धारणा राख्दै पौडेलले भने, ‘हामीले सत्ताको लोभ नगरौं। त्यो यात्रा छोडौं। जनताप्रति उत्तरदायी भएर अगाडि बढौं।’ संवैधानिक परिषद्बाट भएका पछिल्ला नियुक्तिमा पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहेको आशंकाप्रति बैठकमा पौडेलले प्रश्न उठाएका थिए।
केन्द्रीय सदस्य महेश अचार्यले प्रतिनिधिसभा विघटनको कदमलाई लिएर प्रधानमन्त्री ओली र कम्युनिस्ट पार्टीलाई छुट्याएर हेर्न नहुने धारणा राखे। अहिलेको परिस्थिति आउनुको सम्पूर्ण दोष प्रधानमन्त्री ओली मात्र नभएको धारणा राख्दै उनले बैठकमा भने, ‘प्रधानमन्त्री र कम्युनिस्टलाई छुट्याएर हेर्नु हुँदैन।’
कम्युनिस्टहरूको झगडामा हतार गरेर अभिमत जाहेर गर्न नहुने उनको भनाइ थियो। पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भनिसकेको जनाउँदै अर्का केन्द्रीय सदस्य एनपी साउदले अदालतमा प्रवेह गरेको विषयमा कांग्रेसले हस्तक्षेप गर्न नहुने तर्क गरे। ‘स्वतन्त्र न्यायालयलाई प्रभावित गर्नेगरी कांग्रेसले कुनै निर्णय वा कदम उठाउनु हुँदैन,’ साउदले भने, ‘उसले जे गर्ला, उसको कुरा भयो। तर हामी निर्वाचनको तयारीमा जुट्नुपर्छ।’
प्रतिनिधिसभा पुनस्र्थापना हुँदा कांग्रेसका लागि थप जटिलता आउनसक्ने बताउँदै साउदले भने, ‘जुन संसद् हाम्रो अनुकूलताको छैन त्यसको पुनस्र्थापनामा लाग्नु राजनीतिक होइन।’
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने, नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री चयन गर्नेदेखि २०७४ को आमनिर्वाचनको मुखमा तत्कालीन माओवादी केन्द्रले विपक्षी दलसँग गठबन्धन गर्दा कम्युनिस्टबाट कांग्रेसले पटकपटक धोका पाएको उनले बताए। ‘कम्युनिस्टहरूको सत्तालिप्सा, गैरजिम्मेवारीका कारण नेपाली जनताले पाँच वर्षका लागि दिएको जनमत बीचमै खण्डित हुन पुगेको हो,’ उनले भने, ‘अहिले हामी उनीहरूको पछि लाग्दा फेरि धोका खाने सम्भावना छ। त्यता हामी नलागौं।’
बैठकको सुरुमा संक्षिप्त धारणा राख्दै सभापति देउवाले प्रतिनिधिसभा भंग गर्ने ओलीको कदम असंवैधानिक, अधिनायकवाद तथा निरंकुशताको आकांक्षाबाट प्रेरित भएको बताएका थिए। परिवर्तनलाई संरक्षण गर्न र जनअपेक्षाअनुसार पार्टीलाई अघि बढाउन कांग्रेसले जिम्मेवार, अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने धारणा उनले राखेका थिए। उनले सत्तारुढ नेकपाभित्रको गतिविधिलाई पनि नियाल्दै कांग्रेस अघि बढ्नुपर्ने बताएका थिए। नागरिक दैनिकले खबर छापेको छ ।
ताजा
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवार
१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो
२०८३ भाद्र १६ गते, मंगलवार
अनिश्चितकालका लागि तातोपानी नाका बन्द
२०८३ भाद्र १६ गते, मंगलवार
सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
२०८३ भाद्र १६ गते, मंगलवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





