१३६ किलोकी महिलाको नर्भिकमा दुरबिनबाट एकै पटक दुई जटिल शल्यक्रिया सम्पन्न

२०७७ मंसिर ३० गते, मंगलवार

काठमाडौं । नर्भिक अस्पतालमा १३६ किलो तौल भएकी महिलाको दुरबिन प्रविधिबाट पाठेघर र पित्तथैलीको जटिल शल्यक्रिया गरिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा बरिष्ठ स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा। नुतन शर्मा, बरिष्ठ सर्जन डा। सञ्जय पौडेल, बरिष्ठ मुटुरोग बिशेषज्ञ डा।जेपी जैसवाल र डा। सुरेश लामिछानेसहितको टिमले करिब साढे २ घण्टा लगाएर ललितपुर पाटनकी ३८ बर्षिय रत्ना महर्जनको जटिल शल्यक्रिया गरेको हो ।
सामान्यतः १ सय ३६ किलो तौल भएका बिरामीको दरबिन प्रविधिबाट पाठेघर र पित्त थैलीको एकै पटक शल्यक्रिया गर्नु निकै कठिन भएपनि अस्पतालमा उपलव्ध अन्तराष्ट्रिय स्तरको सुविधाका कारण सहज रुपमा बिरामीको शल्यक्रिया सम्पन्न गर्न सकिएको डा। शर्माले बताइन ।
पाठेघरमा अधिक मासु पलाएको र पित्त थैलीको समस्याका कारण बिरामी सामान्य हिडडुल गर्न नसक्ने अवस्थामामा हुनुहुन्थ्यो, ल्याप्रोस्कोपिक सर्जन डा। शर्माले भनिन, शल्यक्रियाको दुई दिनमा उहाँ राम्रोसँग हिड्ने अवस्थामा हुनुहुन्छ, शल्यक्रियाको तीन दिनमै उहाँलाई भोली हामी डिस्चार्ज गर्दैछौ । दुरबिनबाट शल्यक्रिया गरेका कारण अवको एक हप्तापछि उहाँले नियमित काम गर्न सक्ने डा। शर्माले बताइन ।
शरीरको बढी तौलका कारण मुटुको समस्या हुँदा समेत सहज ढंगले शल्यक्रिया सम्पन्न भएको भन्दै महर्जनले खुशी व्यक्त गरिन ।
बढी तौल भएकाहरुको पेट चिरेर शल्यक्रिया गर्दा रगत धेरै बग्ने, घाँउ निको हुन समय लाग्ने र घाउ पाक्ने जस्ता समस्या आउने भएकाले बिरामीलाई अधिक आराम र सुविधा दिन दुरबिन प्रविधि निकै लाभदायक हुने चिकित्कहरुको भनाई छ ।
आधुनिक प्रविधि र सुविधा भए उच्च जोखिममा रहेका बढी तौल भएका बिरामीको शल्यक्रिया पनि सहज रुपमा गर्न सकिने डा। शर्माले बताइन । टेष्ट ट्युव बेवी बिशेषज्ञ समेत रहेकी डा।शर्माले गत असारमा नर्भिक अस्पतालमै १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रिया मार्फत सफल प्रशुती गराएकी थिइन् ।

41 Views

ताजा

अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

२०७८ जेष्ठ २८ गते, शुक्रबार

अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

२०७८ जेष्ठ २८ गते, शुक्रबार

हराएकी मायाको खोजी गरिदिन परिवारको आग्रह

२०७८ जेष्ठ २८ गते, शुक्रबार

यी लक्षणले बताउँछन् भिटामिन सीको कमी, आँखाको ज्योति जाने खतरा

२०७८ जेष्ठ २८ गते, शुक्रबार

यो बानीका कारण मानिसहरुको हृदयघात–स्ट्रोकको कारण गइरहेछ ज्यान, डब्ल्यूएचओको चेतावनी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ खानेकुरा

२०७८ जेष्ठ २८ गते, शुक्रबार

मस्तिष्क र हड्डीका लागि फाइदाजनक आँप

२०७८ जेष्ठ २८ गते, शुक्रबार

वैवाहिक जीवनको सफलता श्रीमान्–श्रीमतीद्वारा गरिएको स–साना त्यागमा निर्भर हुन्छ

२०७८ जेष्ठ २८ गते, शुक्रबार

बच्चालाई गाली गर्नुभएको छ भने ‘सरी’ भनेर तुरुन्त गल्ती सुधार्नुहोस्, यसो गर्दा आफू पनि दुःखी छु भनेर बताउनुहोस्

२०७८ जेष्ठ २८ गते, शुक्रबार

धनी हुने सबैभन्दा सजिलो तरिकाः यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्

२०७८ जेष्ठ २८ गते, शुक्रबार

अँगालो हाल्दा सम्बन्धका साथै स्वास्थ्यमा पुग्छ विभिन्न फाइदा

२०७८ जेष्ठ २८ गते, शुक्रबार

लोकप्रिय

बुढाथोकी नेतृत्वको माओवादीद्वारा नागरिकता अध्यादेशको घोर विरोध

२०७८ जेष्ठ ११ गते, मंगलवार

प्रहरी निरीक्षक भोजराज पाण्डेयकोे विदाई गर्दा गाउँले चिन्तित

२०७८ जेष्ठ ९ गते, आईतवार

सहारा बिहिन को आमा….. रिमा

२०७८ बैशाख २५ गते, शनिबार

गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.

२०७८ बैशाख २३ गते, बिहीबार

समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७७ चैत्र १६ गते, सोमबार

विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

२०७७ माघ २१ गते, बुधबार

लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्नेः–प्रधानमन्त्री ओली

२०७७ माघ २० गते, मंगलवार

म्यानमार सैनिक ‘कू’ : सत्ता सेनाको हातमा, संकटकाल घोषणा

२०७७ माघ १९ गते, सोमबार

सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

२०७७ पुष १९ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal