नौ महिनापछि काठमाडौँ–दिल्ली उडान

२०७७ मंसिर २८ गते, आईतवार

–सिबी अधिकारी
काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन् । नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० ९२३ मार्च सन् २०२०० गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो । कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो । कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।
भारतीय दूतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौँ उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ । काठमाडौँ–दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले काठमाडौँबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौँ एक उडान भर्नेछन् । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।
भारतसहित नेपालबाट हुने सबै अन्तरराष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ । अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौँ उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन् ।
निगमको तयारी तीव्र
नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली उडानको तयारी तीव्र पारेको छ । नेपाल एयरलाइन्सको अन्तरराष्ट्रिय उडान गन्तब्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौँ–दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकैबीच अहिले दैनिक एक उडान हुनलागेको हो ।
नेपाल एयरलाइन्सको उडान समय काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ११ः२० का लागि उडान तालिका निर्धारण गरिएको छ । बिहान ११ः०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ । यो गन्तब्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको नेपाल एयरलाइन्सका प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन् ।
भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानको तयारी सकेको भन्दै प्रवक्ता श्रेष्ठले भारतका अन्य दुई गन्तब्यमा पनि विगतमा झैँ उडान हुने अपेक्षा गरिएको बताए । निगमले भारतका तीनसहित सात देशका नौ गन्तब्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् । (रासस)

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal